back
NMB ad

गौचनको हत्यामा संलग्न सुटरसहित पाँचजना पक्राउ

Kumari bank ad

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर गत असोज २३ गते गौचनलाई बानेश्वर, प्रयागमार्गमा गोली हान्ने नुवाकोट, पञ्चकन्या गाउँपालिका–५ का राजिव स्याङताङसहित पाँचजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पर्सा, कालिकामाई गाउँपालिकाका शिवजी महतो, भारत विहार बेतिया जिल्लाका मुकेशकुमार पाण्डे, पर्सा, ठोरी गाउँपालिकाका सन्तोष गुरुङ र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रकाश बुढाथोकी छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख आयुक्त, अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत, मनोज पुनसहित बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्यामबहादुर गुम्बे, लोप्साङ, कालेदाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापागरी आठजना अझै फरार रहेको जानकारी दिए ।

फरार रहेका मध्ये रोशन बुढाथोकी र अजय थापा नेपाली सेनाका भगौडा सिपाही रहेको अनुसन्धानबाट खुलेको छ । त्यस्तै पक्राउ परेका प्रकाश बुढाथोकी घटनाका योजनाकार समिरमानसिंह बस्नेतका आफन्त रहेको र उनैले नेपाल बाहिर रहेका बस्नेतको निर्देशनमा नेपालभित्र काम गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै प्रहरीले नायब प्रहरी महानिरीक्षक गणेश केसीको नेतृत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । सोही टोलीले विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।

सो समूहले गौचनसँग रकम माग गरेको र नपाएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको नायब महानिरीक्षक केसीले जानकारी दिए ।

उहाँले भन्नुभयो, “सबै निर्माण व्यवसायीबाट एकमुष्ठ रकम जम्मा गरेर बुझाउन पटक÷पटक व्यवसायी गौचनलाई दबाब दिइएको रहेछ, गौचनले त्यो नमानेपछि हत्या गरेको देखिन्छ ।”

पक्राउ परेका महतोले हत्यामा प्रयोग भएको मोटरसाइकल भारतको वेतियाबाट रु १८ हजारमा ल्याई सन्तोष गुरुङलाई २४ हजारमा बेचेको र हत्याको समयमा बा।३५प।२४६१ नम्बर राखी प्रयोग गरेको, शिबजी महतोले भारतकै वेतियाबाट रु ५५ हजारमा हतियार खरिद गरी ६५ हजारमा गुरुङलाई बेचेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घटनामा दुई वटा गोली प्रहार भएको र दुवै गोली फरक/फरक हतियारबाट प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली प्रहारलगत्तै गौचनलाई तत्काल सिभिल अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीले सबै अभियुक्त पक्राउ परिनसकेको र अनुसन्धान जारी रहेकाले घटनसँग सम्बन्धित सबै विषय अझै स्पष्ट नभइसकेको जनाएको छ ।
२८ कात्तिक २०७४

वि.सं.२०७४ कात्तिक २८ मंगलवार १८:१० मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...