काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ लाख ४० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले सर्वसाधारणलार्य प्रतिकित्ता १०० रुपैयाँ दरको ८ करोड ४० लाख रुपैंया बराबरको आइपीओ सर्वसाधारणमा जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कार्तिक २७ गते कम्पनिले उक्त अनुमति माग गरेको हो ।
रैराङको आईपीओमा बिक्री प्रबन्धकको काम एस क्यापिटलले गर्नेछ । रैराङले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
प्रकाशित मितिः २०७४ कार्तिक २९
वि.सं.२०७४ कात्तिक २९ बुधवार १०:४६ मा प्रकाशित