सेयरधनीलाई २ कम्पनीको क्रमशः१६०% र ६०% हकप्रदको अवसर !

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्स कम्पनिले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । प्राइम लाईफले १६० प्रतिशत र नेसनल लाईफले ६० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेका हुन् । दुवै कम्पनीले कार्तिक २७ गते बोर्डसँग अनुमति मागेका हुन् ।

प्राइम लाईफले १ः१.६० अनुपातमा ६१ लाख २ हजार कित्ता हकप्रद सेयर जारी गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

यता, नेसनल लाइफले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । नेसनलको हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ ।

बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक २९

२०७४ कार्तिक २९ गते १३:२८ मा प्रकाशित

You can share this post!

यो १२०% हकप्रद भर्नुभयो ? आजै भरिहाल्नोस् !

सैनिक शाासनको पूर्वाभ्यास हुँदै

Related posts