back
NMB ad

गाईको पूजा गरी चुनावी अभियान शुरु

Kumari bank ad

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पशुपतिनाथको मन्दिर क्षेत्रमा गाईको पूजा गरी चुनावी अभियान शुरु गरेको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले गाईको पूजा गरी अभियानको शुभारम्भ गर्दै मुलुकमा वैदिक संस्कृति र सभ्यताको संरक्षण गर्न हिन्दू राष्ट्रको पहिचानलाई कायम राख्नुपर्ने आवश्यकता औंल्याए ।

संविधानप्रति पार्टीको आंशिक समर्थन रहेको छ, उनले भने —“हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था स्थापित गर्ने विषयमा राप्रपा प्रतिबद्ध छ ।”

पार्टीका प्रवक्ता भुवन पाठकले वैदिक मान्यतालाई स्थापित गरी मुलुकको आर्थिक विकास तथा जनताको समृद्धिका लागि पार्टीले साङ्केतिक रुपमा पूजा गरी अभियान थालेको बताए । कार्यक्रममा सो पार्टीका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागितामा रहेको थियो । उक्त पार्टीको चुनाव चिह्नसमेत गाई रहेको छ । रासस

प्रकाशित मितिः २०७४ कार्तिक २९

वि.सं.२०७४ कात्तिक २९ बुधवार १३:५७ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...