back
NMB ad

बस्नेतको स्वागतमा प्रतिस्पर्धा

Kumari bank ad

भक्तपुर । मङसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई स्थानीयहरुद्वारा स्वागत गर्ने प्रतिपर्धा चल्न थालेको छ ।
फूलमाला र दहीसहितको सगुन लिएर स्थानीयबीच कसले पहिला स्वागत गर्ने भन्ने प्रतिस्पर्धा चल्न थालेको हो । निर्वाचनको क्रममा बस्नेत घरदैलो गर्ने क्रममा घरैपिच्छे स्थानीयबासीहरुले पहिला स्वागतका लागि तछाडमछाड नै चल्ने थालेको छ ।
मङ्सिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नै टोल र स्थानीय उम्मेदवार आफूले पाएकाले बस्नेतलाई स्वागत गर्न पाउँदा आफूहरुलाई खुसी लागेको स्थानीयहरु बताउँछन ।
बस्नेतको स्वागतका लागि स्थानीय ज्येष्ठ नागरिक, महिला, युवा, बुद्धिजीवी र समाजसेवीको बाक्लो उपस्थित रहदै आएको छ ।
बस्नेत मन्त्री हुँदा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा भक्तपुरमा छ अर्ब भन्दा बढि रकमको विकास निर्माणको काम भएको २१ सय भूकम्प पीडितलाई टहरा निर्माण गरेको, सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यन निर्माण अगाडि बढाइएको कटुञ्जेमा मेलम्ची आयोजनाको खानेपानी ट्याङ्की निर्माणका लागि बजेट बिनियोजन गरी काम अगाडि बढाइएकाले स्थानीयहरु मङ्सिर २१ गते हुने निर्वाचनमा मतदान गर्न आतुर भएका छन ।
घरदैलो कार्यक्रममा बस्नेतले अहिलेसम्म भक्तपुरबाट प्रतिनिधिसभामा निर्वाचित व्यक्तिले भक्तपुरको विकासलाई सिंहदवारमा जोड्न नसकेको र आफू निर्वाचित भएपछि भक्तपुरको विकासलाई सिंहदवारसम्म जोड्ने बताउनुभयो । स्थानीयहरु आफूलाई मतदान गर्न आतुर भएको भन्दै उहाँले अधिकांश स्थानीयहरु मतदानका लागि मङ्सिर २१ गतेको प्रतिपक्षामा रहेको बताउनुभयो । पूर्व मन्त्री बस्नेतले अहिलेसम्म सूर्यविनायक नगरपालिका वडा १, २, ३ र ४ वटा वडामा घरदैलो सम्पन्न गरीसक्नु भएको छ । शनिवारदेखि वडा नं. ५ मा घरदैलो गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति मङसिर १ गते

वि.सं.२०७४ मंसिर १ शुक्रवार १९:२६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...