चन्द्रागिरिलाई मेरिट अवार्ड

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिटअवार्ड २०१७’ बाट सम्मानित भएको छ ।

स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्र्ट एण्ड सुलिभानरसिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरि हिल्स लिमिटेडको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । सम्मान ग्रहण कार्यक्रममा संचालकहरु एवम् महाप्रवन्धकको उपस्थिती रहेको थियो । चन्द्रागिरि हिल्स लिमिटेडलाई सोहि संस्थाले गतवर्ष पनि ‘बेष्ट डेसटिनेशन अवार्ड–२०१६’ ले सम्मानित गरेको थियो ।

‘नेपालबिजनेश एक्सलेन्स अवार्ड–२०१७’ को समापनको अवसरमा मङ्गलबार साँझ काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।

२०७४ मंशिर १ गते २०:०५ मा प्रकाशित

You can share this post!

अव विद्युत महसुल पनि ‘आइएमईपे ’ मार्फत भुक्तानी गर्न सकिने

छयासी लाख ठगी रकमसहित छ जना पक्राउ

Related posts