back
NMB ad

उद्योग–व्यवसाय गाउँपालिका मातहतमा ल्याउने

Kumari bank ad

म्याग्दी । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालित साना तथा मझौला उद्योग र व्यवसायलाई आफ्नो मातहत ल्याउने तयारी प्रक्रिया थालेको छ ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०को अध्यक्षतामा यसै हप्ता बसेको गाउँ कार्यपालिका बैठकले आयस्रोत वृद्धि र उद्योग व्यवसायलाई गाउँपालिका मातहत ल्याउने निर्णय गरेको हो ।

विसं २०७४ पुस मसान्तसम्म गाउँपालिकाअन्तर्गतका सम्पूर्ण घरेलु तथा साना उद्योग र पसल व्यवसाय दर्ता गर्न अनुरोध गरिएको गाउँ कार्यपालिकाका प्रवक्ता तथा वडा नं ३ का अध्यक्ष देवेन्द्र भण्डारी ९रवि० ले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्योग व्यवसाय दर्ताका लागि रु एक हजार शुल्क तोकिएको छ । पर्वत उद्योग वाणिज्य संघअन्तर्गतको मल्लाज उपशाखाका अनुसार गाउँपालिकाले समेटेको मिलनचोक, पर्वत–बेनी, मल्लाज, लेकफाँट र शालीजामा प्यान नम्बर लिएका २५० व्यवसायी छन् ।

उपशाखामा ६०० जना साधारण सदस्य छन् । किराना, फेन्सी, हार्डवयर, फलफूल तथा तरकारी, खाद्यान्न पसल, फर्निचर, पशुपक्षी फार्म, क्रसरलगायतका उद्योग रहेका छन् । रासस

७ मंसिर

वि.सं.२०७४ मंसिर ७ बिहीवार २१:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...