back
NMB ad

रोल्पाबाट देउवालाई ओलीको चेतावनी ‘चुनाव सरेको सपना नदेख्नुस’

Kumari bank ad

रोल्पा । प्रधानमन्त्री शेरवहादुर देउवाले चुनाव सरेको सपना नदेख्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस रोल्पाले आज रोल्पाको लिवाङमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले सरकार कुनै पनि मूल्यमा निर्वाचन गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले निर्वाचन हुन लागेको छ, तर पूर्वप्रधानमन्त्री ओली भने चुनाव सरेको सपना देख्नमै व्यस्त रहेको छ भन्दै यस्तो सपना नदेख्न उहाँलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “ओलीजीले मंसिर २१ गते सम्म निर्वाचन सरेको सपना देखिरहनुहुन्छ ।”

कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आसन्न निर्वाचन देशमा लोकतन्त्रको संस्थागत गर्ने कि कम्युनिष्ट अधिनायकवाद लागु गर्ने भन्ने विषयको जनमत संग्रह जस्तै भएको उल्लेख गर्दै देशमा भएका सवै खालका परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको हुँदा आसन्न निर्वाचनमा समेत कांग्रेसलाई बहुमत दिएर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी दिन सबै मतदातामा आग्रह गर्नुभयो ।

दश वर्ष लामो हिंसात्मक द्वन्द्वमा रोल्पाले धेरै क्षति व्यहोरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “अब कसैबाट पनि नडाएर ढुक्कसँग मतदान गर्र्नुस, द्वन्द्वले रोल्पालाई धेरै पछाडि पारेको छ, हामी रोल्पालाई अब नमुना जिल्ला बनाउँछाँै ।”

कार्यक्रममा नेपाल परिवार दल रोल्पाका अध्यक्ष वसन्त शर्मा, उपाध्यक्ष खिमवहादुर कुवँरलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री देउवाले अविर तथा फूलमाला लगाएर पार्टीमा प्रवेश गराउनुभयो ।
७ मंसिर (रासस)

वि.सं.२०७४ मंसिर ७ बिहीवार २२:०७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...