back
NMB ad

‘समृद्धि र राजनीतिक स्थायित्व कायम गर्न वाम गठबन्धन’

Kumari bank ad

तुलसीपुर । माओवादी केन्द्रका नेता तथा बिनाविभागीय मन्त्री जनार्दन शर्माले संविधान कार्यान्वयन गर्न र नयाँ अभ्यास कायम गर्नका लागि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन महत्वपूर्ण रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली जनताको समृद्धि र राजनीतिक स्थायित्व कायम गर्न वाम गठबन्धन गरेको बताउँदै नेता शर्माले वाम गठबन्धनबाट आत्तिएर काँग्रेसले अधिनायकवाद आउँछ भन्नु हाँस्यास्पद भएको बताउनुभयो । “वामपन्थीहरू जनताको बहुमत लिएर सरकार चलाउँछन्”, उहाँले भन्नुभयो ।

“विगतमा पनि काँग्रेसले बहुमतको सरकार चलाएको थियो, के त्यतिबेला अधिनायकवाद आएको थियो र ?” भन्दै प्रतिप्रश्नसमेत गर्नुभयो ।

पहिलो चरणको निर्वाचनमा विभिन्न अवरोधका बाबजुद शान्तिपूर्ण रूपले सम्पन्न भएको बताउँदै प्रभाकरले नेपाली काँग्रेस निकै आत्तिएको धारणा व्यक्त गर्नुभयो । “प्रधानमन्त्रीज्यूले वामपन्थीहरूको सरकार आएपछि रुन पनि पाइँदैन भन्नुभएको छ, उहाँले ठीक भन्नुभयो, हामी जनतालाई रुन नपर्ने गरी काम गर्छौं”, नेता शर्माले भन्नुभयो ।

प्रतिनिधिसभाको निर्वाचनमा रुकुममा आफूलाई मतदान गरेर दाङ झर्नुभएका शर्माले दाङलाई पश्चिम दीपायल र उत्तरमा डोल्पा हुँदै चीन जोड्ने योजना आफूसँग रहेको समेत बताउनुभयो ।

उहाँले दाङ राजधानी बनाउने कुरालाई सुनिश्चित गर्न दाङमा सबै सिट वाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने आवश्यकता रहेको समेत औँल्याउनुभयो ।

११ मंसिर (रासस)

वि.सं.२०७४ मंसिर ११ सोमवार १९:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...