लघुवित्तले दिँदैछ १६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई बोनस शेयर र नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
नेपाल स्टक एक्सचेन्जलाई मंसिर ११ गते बसेको समितिको २०९ औं बैठकको जानकारी गराउँदै बैंकले २०७३/०७४ को मुनाफाबाट १६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

diproks bank news
बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लागु हुनेगरी प्रस्ताव पारित गरेको जानकारी दिएको छ ।
प्रकाशित मिति : १२ मंसिर २०७४

२०७४ मंशिर १२ गते १४:४३ मा प्रकाशित

You can share this post!

हुम्लामा ताराको विमान दुर्घटना पाँच घाइते सबैको अवस्था सामान्य

साँढे आठ करोड बोनस शेयर दिन सहयोगिले बोलायो साधारण सभा, यस्ता छन छलफलका विषय

Related posts