back
NMB ad

राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्छ : राष्ट्रपति

Kumari bank ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएको प्रति चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आयात प्रतिस्थापन अपरिहार्य भएको बताउँदै मुलुकको सम्वृद्धिका लागि राष्ट्रिय उत्पादनमा जोड दिनु पर्ने बताइन् ।

काठमाडौँको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको चेम्बर प्रदर्शनी २०७४ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताइन् ।

मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति पलायन हुनुले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह भएको उनको धारणा थियो । भण्डारीले निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता भएको बताइन् ।

नेपालबाट वैदेशिक रोजगारमा जाने युवा जमातको लर्को रोकिएको छैन उनले भनिन्, झण्डै विश्वका ८४ भन्दा बढी देशमा ४० लाख भन्दा बढी नेपालीले जोखिमयुक्त श्रम गरिरहेका छन् । कूल श्रमबाट नेपाललाई वार्षिक झण्डै रु ६ खर्ब विप्रेषण प्राप्त भइरहेको छ ।

राष्ट्रपति भण्डारीले लोपोन्मुख परम्परागत सीपलाई संरक्षण गर्दै आयमूलुक प्रवद्र्धनमा सरकारले जोड दिने विषयमा आफू विश्वस्त रहेको बताइन् । नयले विद्यामान झन्झटिला ऐन नियम परिवर्तन गरेपनि लगानी भित्र्याउन सरकार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै मुलुकको आर्थिक समृद्धि ताजा जनादेशबाट प्राप्त हुने जनप्रतिनिधिको हातमा रहेको बताइन् ।

मेलामा दक्षिण कोरियाले साझेदार मुलुकको हैसियत र थाइल्याण्डले फोकसमूलुकको रुपमा सहभागिता जनाएको छ । नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान, र बंगलादेशको सहभागिता रहेको सो मेलामा कूल २२५ कक्ष रहेको छ ।

प्रदर्शनीमा नुनदेखि सुनसम्म र गाडीदेखि सारीसम्मका बिक्री कक्ष रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपाल र कोरियाबीचको बहुपक्षीय सम्बन्धले जनस्तरसम्मको सम्बन्ध न्यानो बन्दै गएको बताए । उनले संविधान र संघीयताको कार्यान्यनपछि नेपाल आर्थिक समृद्धिको बाटोतर्फ जाने विश्वास व्यक्त गरे । राजदूत सिकले पूर्वाधार, जलस्रोत, पर्यटन र कृषि क्षेत्रमा पर्याप्त लगानीको सम्भावना रहेको बताए ।

वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले महोत्सवबाट क्रेता बिक्रेताबीच सम्बन्ध सुमधुर भई लगानीतर्फ नवीन सम्भावनाको खोजी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न खोजेकाले सरकारको सो अठोटलाई मूर्तरुप दिन निजी क्षेत्र सदैव सकारात्मक हुने विश्वास व्यक्त गरे । मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति ः १४ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १४ बिहीवार १७:२३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...