back
NMB ad

सहकारी बैंक र गरिबी निवारण कोषले गरे यस्तो सम्झौता !

Kumari bank ad

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेड र गरिबी निवारण कोषबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आज राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रबन्ध सञ्चालक केवी उप्रेती र गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

कोषअन्तर्गत गठन भएका सामुदायिक संस्थाका सदस्य सम्मिलित २५ जिल्लामा गठन भएका ४२५ सहकारी र चालु आवमा गठन गरिने अन्य सहकारीलाई विभिन्न किसिमका क्षमता विकास तालीमको साथै बचत, कर्जा र पूँजी परिचालन गर्न सहयोग गरिने बताइएको छ ।

सहकारीलाई व्यवसायीकरण तथा पेशागत एवं वित्तीय व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले भएको यो समझदारीले गरिब तथा विपन्न वर्गलाई बैंकिङ क्षेत्रको थोक कर्जासहित बचत, पुँजी परिचालन एवं अन्य बैंकिङ सेवाको पहुँचमा सहयोग पुग्ने आशा गरिएको राष्ट्रिय सहकारी बैंक लिका प्रबन्ध सञ्चालक केवी उप्रेतीले बताए ।

समझदारीले ग्रामीण अर्थतन्त्र विकास तथा उद्यमको संस्थागत विकासले लक्षित घरपरिवारलाई गरिबीको चक्रबाट माथि उठाउन भरपर्दो आधार तयार गर्ने कोषका कार्यकारी निर्देशक केसीले जानकारी दिए ।

कोषका सहयोगमा ५८ जिल्लामा ३२ हजार सामुदायिक संस्था गठन भएका छन् भने नौ लाख गरिब घरपरिवार कोषका कार्यक्रमबाट लाभान्वित भएका छन् । रासस

प्रकाशित मिति : १४ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १४ बिहीवार १९:२२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...