सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धनः नेता नेपाल

काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई समृद्ध बनाएर नेपालीलाई सम्पन्न राष्ट्रका नागरिक बनाउन वाम गठबन्धन भएको बताएका छन् ।

संयुक्त वाम गठबन्धनले काठमाडौँ क्षेत्र नं २ नरेफाँटमा आज आयोजना गरेको चुनावी कार्यक्रममा उनले राजनीतिक स्थिरता र सरकारको स्थायित्व भएपछि मात्र देशमा विकास हुने बताए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता नेपालले मुलुकमा सामाजिक न्याय र जनतालाई अधिकार सम्पन्न बनाउन वाम शक्तिले ठूलो संघर्ष र मेहनत गरेको उल्लेख गर्दै गठबन्धनको जनताको हकअधिकारको रक्षाका लागि सदैब कार्य गर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य प्रकाश गौतमले देशमा राजनीतिक अस्थिरताले स्थानीय पूर्वाधार विकास निर्माणका कार्यले गति लिन नसकेको र औद्योगिक विकास हुन नसकेकाले बेरोजगार समस्या बढेको बताउँदै अब राष्ट्रको विकासका लागि वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

प्रकाशित मिति : १५ मंसिर २०७४

२०७४ मंशिर १५ गते १८:५० मा प्रकाशित

You can share this post!

सरकारको नुनपानी खाएर पार्टीको झण्डा नबोक्न निजामतीलाई सुरेन्द्र पाण्डेको सुझाव

“अब एकतालाई कसैले रोकेर रोकिँदैन” : दाहाल

Related posts