back
NMB ad

धादिङमा फर्जी मतदान गरेको आरोपमा पुनःमतदान माग

Kumari bank ad

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं ४ को मुक्रावदेवी मावि मतदान केन्द्रमा पुनःमतदानको माग गर्दै संयुक्त रुपमा उजुरी दिएका छन् । मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन् ।

प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रामबहादुर सिलवाल र प्रदेशसभाका स्वतन्त्र उम्मेदवार, प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रदेशसभा खका स्वतन्त्र उम्मेदवार गणेश बसौलाले यही मंसिर १० गते सम्पन्न निर्वाचनमा मुक्रावदेवी मावि मतदान केन्द्रमा ८१५ मतदाता रहेकामा ८०९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उजुरीमा मृतक २०, विदेशिएका २५ र कर्मचारीका रुपमा खटिएका दुई जनाले मतदान गरेको भन्ने देखिएको तथा फर्जी मतदान गराई वाम गठबन्धनका प्रतिनिधिलाई ज्यान मार्नेसम्मका धम्कीसमेत दिइएको भनी सो केन्द्रको पुनःमतदान गराउन माग गरिएको उजुरीकर्ता सिलवालले बताए ।
सो मतदान केन्द्र राप्रपाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बुद्धिमान तामाङ र राप्रपाबाट प्रदेशसभा क्षेत्र नं खका प्रत्यक्षतर्फका उम्मेदवार डम्मर तामाङले मतदान गर्ने मतदानस्थल हो ।
सो मतदान केन्द्रका मतदातामध्ये ४७ मतदाता उपस्थित नभएको र उपस्थित हुन सक्ने अवस्था नै नभएकामा छ मतदाता मात्र अनुपस्थित भएको भनी फर्जी मतदान गराइएको उजुरीमा भनिएको छ ।
मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले उजुरी आएको र यसको अध्ययनपछि कानूनी प्रक्रिया अपनाइने जानकारी दिँदै मतगणना प्रक्रिया भने नरोकिने बताए ।
प्रकाशित मिति २१ मंसिर २०७४

वि.सं.२०७४ मंसिर २१ बिहीवार १८:११ मा प्रकाशित

You can share this post!

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...