यस्तो छ रसुवा, सिन्धुपाल्चोक बाजुराको प्रारम्भिक नतिजा

काठमाडौं । रसुवामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा (एमाले)का जनार्दन ढकालले ४४८ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक– जिल्लामा एक हजार ३६० मत गन्दा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले ७३५ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ७३५ मत प्राप्त गरेका छन् ।

बाजुरा– जिल्लामा प्रतिनिधिसभातर्फ ९१२ मत गन्दा काँग्रेसका कविराज पण्डितले ४७७ र वाम गठबन्धनबाट एमालेका लालबहादुर थापाले ४७७ मत प्राप्त गरेका छन् ।
नुवाकोट– प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन भएको नुवाकोटमा मतगणना सुरु भएको छ ।
आज साँझ ७ बजेदेखि दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए ।

२०७४ मंशिर २१ गते २०:२३ मा प्रकाशित

You can share this post!

निर्वाचन सम्पन्न भए लगत्तै एमालेको यस्तो आयो प्रेस नोट

मतपेटिका बोकेको गाडीमा बम विस्फोट

Related posts