काठमाडौं । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् ।
नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन् । त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने काँग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन् ।
बैतडी– एक हजार ३७६ मतगणना हुँदा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकाबाट नेकपा (एमाले) का दामोदर भण्डारीले ६५९ मत ल्याएर अग्रता लिएका छन् । त्यस्तै काँग्रेसका नरबहादुर चन्दले ५४४ मत प्राप्त गरेका छन् ।
यसैगरी प्रदेशसभा (क) मा ९४८ मतगणना हुँदा काँग्रेसका हरिमोहन भण्डारीले ४११ र वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का प्रेमप्रकाश भट्टले ४११ मत प्राप्त गरेका छन् । प्रदेशसभा (ख) मा एक हजार ३०५ मतगणना हुँदा वाम गठबन्धनबाट एमालेका लीलाधर भट्टले ६६७ र राप्रपाका गणेश चन्दले ५६८ मत प्राप्त गरेको प्रजिअ सिद्घराज जोशीले जानकारी दिए ।
सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ एक हजार ४१७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिएका छन । काँग्रेसका बलबहादुर केसीले ४३७ मत ल्याएका छन् ।
यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएका छन् भने काँग्रेसका प्रकाससिं कार्कीले १७४ ल्याएका छन् । प्रदेशसभा (ख) मा गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिएका छन् भने काँग्रेसका आङ्गगेलु शेर्पाले २३० मत ल्याएका छन् । रासस
वि.सं.२०७४ मंसिर २१ बिहीवार २२:१८ मा प्रकाशित