back
NMB ad

जर्मनले दिनेभो नेपाललाई पौने दुई अर्व थप अनुदान

Kumari bank ad

काठमाडौँ । संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई अतिरिक्त विकास अनुदानस्वरुप करिब रु एक अर्ब ८१ करोड ५० हजार प्रदान गर्ने घोषणा गरेको छ ।

दुईसय २० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको यहाँस्थित जर्मन राजदूतावासले जनाएको छ ।

जर्मन डेभलपमेन्ट बैंकमार्फत उक्त सहायता रकम नेपाललाई उपलब्ध हुने सो दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गतवर्ष जर्मनीले नेपालमा ऊर्जा क्षमता प्रवद्र्धन तथा नवीकरणीय ऊर्जाका निम्ति रु एक अर्ब ९३ करोड ६० लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । लेखनाथ–दमौली दुईसय २० किलोभोल्ट विद्युत् प्रसारण लाइन निर्माण गर्न जर्मनीबाट कूल रु तीन अर्ब ७५ करोड १० लाख प्राप्त हुनेछ ।

सेती–मादी नदीबाट उत्पादित बिजुली उक्त प्रसारण लाइनमार्फत स्थानीयवासीका घरमा आपूर्ति हुनेछ ।

प्रकाशित मिति : ४ पुस २०७४

वि.सं.२०७४ पुस ४ मंगलवार १४:५७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...