back
NMB ad

अव मेगा र टुरिजम बैंक औपचारिक रुपमै गाभिने, यस्तो छ मेगा बैंकको निर्णय

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ ।

मंगलबार काठमाडौँमा सम्पन्न मेगा बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्नका लागि अनुमति दिएको हो । सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् ।

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने मेगा बैंकका अध्यक्ष शाहले बताए । चालु आर्थिक बर्ष २०७२÷७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैँया रहेको छ । यी दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष शाहले बताए ।

mega bank special agm

टुरिजमले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेकाले छिट्टै मर्जर प्रक्रिया टुंगोमा पुर्याएर मेगा बैंकलाई नयाँ गतिमा लैजाने उनले बताए । ‘हामीले विज्ञहरुसँगको छलफलबाट पाँच बर्षे योजना तय गरेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौं ।’– उनले भने ।

मेगा बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले टुरिजम डेभपलमेन्टसँगको मर्जरपछि मेगा बैंकको व्यावसायिक अवसरहरु बृद्धि हुने बताइन् । चालु आर्थिक बर्षमा मेगा बैंकले १८ वटा नयाँ शाखा खोल्ने जानकारी दिँदै उनले टुरिजमसँगको मर्जरपछि मेगा बैंकको सञ्जाल ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्ने जानकारी दिइन् ।

mega agm khunjeli

का.मु प्रमुख कार्यकारी खुञ्जेलीका अनुसार, मेगा बैंकको दुई वटा एक्सटेन्शन काउन्टरसहित ४९ वटा शाखा कार्यालय छन् भने चालु आर्थिक बर्षमा टुरिजमको ५ वटा एक्सटेन्शन काउन्टरसहित ४१ वटा शाखा पुग्दैछ । मेगा र टुरिजमको मर्जरपछि ११ वटा एक्सटेन्शन काउन्टरसहित ११२ वटा शाखा कार्यालय हुने भएका छन् । यसैगरी, कुल कुल निक्षेप ४९ अर्ब ५० करोड र कर्जा ४५ अर्ब ५९ करोड रुपैँया पुग्नेछ ।

प्रकाशित मिति : ४ पुस २०७४

वि.सं.२०७४ पुस ४ मंगलवार २०:०१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...