back
NMB ad

इक्राको क्रेडिट रेटिग एकाधिकार तोडियो, केयर रेटिङ्गस् नेपाल संचालनमा

Kumari bank ad

इक्रा नेपालको एकाधिकार तोड्दै केयर रेटिङ्गस् नेपालले नेपालमा आफ्नो कारोवार शुभारम्भ गरेको छ । केयर रेटिङ्गस् भारत तथा नेपाली लगानीकर्ताको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो । नेपालमा इक्रा नेपाल नामको एउटा मात्र क्रेडिट रेटिग एजेन्सी सञ्चालनमा रहेको अवस्थामा केयर रेटिगं एजेन्सी सञ्चालनमा आएपछि इक्रा नेपालको एकाधिकार तोडिएको छ ।
केयर रेटिङ्गस् लिमिटेड, इन्डिया सहितको संयुक्त लगानीमा स्थापित केयर रेटिङ्गस् नेपालले गत कार्तिक ३० गते नेपाल धितोपत्र बोर्डबाट नेपालमा क्रेडिट रेटिङ्ग व्यवसाय सञ्चालन गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको थियो ।
केयर रेटिङ्गस् नेपालले साधारण शेयर (आइपिओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामुहिक लगानी कोष (म्युचुअल फन्ड), अग्राधिकार शेयर निष्काशन गर्ने कार्यका लागि समेत स्तर निर्धारण सेवा (रेटिङ्ग) उपलव्ध गराउने छ ।

उक्त कम्पनीको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले उद्घाटन गरे । सो क्रममा अध्यक्ष कार्कीले नेपालको बजार सम्भाव्यताका आधारमा तथा वित्त बजारमा बढी पारदर्शीता ल्याउने उद्धेश्यका साथ कम्पनीलाई अनुमतिपत्र प्रदान गरिएको बताए ।

बजारको आकार बढ्दै जाँदा देशको वित्तीय स्थीरता सुनिश्चित गर्नका लागि संस्थागत वित्तीय स्तर निर्धारणको आवश्यकता पनि बढ्दै गएको कार्कीको भनाई थियो ।

यसका अतिरिक्त इन्स्योरेन्स कम्पनीहरु, सम्पत्ति व्यवस्थापन कम्पनीहरु एवं साना तथा मझ्यौला उद्यमहरुलाई समेत शेयर (आइपिओ) को स्तर निर्धारण सेवा प्रदान गर्ने छ । २ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना भएको केयर रेटिगं नेपाल लिमिटेडको लगानीमा केयर रेटिगंको ५१, विशाल ग्रुपको १९ र इमर्जिगं नेपालको १० तथा अरु २० प्रतिशत बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९ प्रतिशत ननाघ्ने गरी लगानी जुटाइएको छ ।

वि.सं.२०७४ पुस ७ शुक्रवार १४:४७ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...