back
NMB ad

व्यापार घाटा ३ खर्ब ७ अर्ब, रेमिट्यान्समा ४ अर्बको गिरावट

Kumari bank ad

काठमाडौ । आन्तरिक उत्पादन मा सुधार हुन नसक्दा नेपालले निरन्तर वैदेशिक व्यापार घाटा व्यहोरीरहेको छ । प्रत्येक वर्ष व्यापार घाटाको सूचक निरन्तर उकालो लागिरहेको छ । यो वर्ष पनी व्यापार घाटा ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार कात्तिकसम्ममा ११ खर्ब ५ अर्ब बराबरको विदेशी मुद्रा सञ्चिती रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार महिना अर्थात कात्तिक सम्ममा रेमिट्यान्स भित्रने दरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले कमी आएको छ । चालु आर्थिक बर्षको कात्तिक सम्ममा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

कामको लागि विदेश जाने नेपालीको संख्या घटेकोले रेमिट्यान्स भित्रने क्रम घटेको राष्ट्र बैंकको भनाई छ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्या पुनः श्रमस्वीकृति बाहेकमा कमी आएको छ ।

गत वर्षको कात्तिकसम्ममा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । जून गत आर्थक बर्षको तुलनामा चार अर्ब कम हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.३ प्रतिशतले घटी रु. २६४ अर्ब ५७ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६.७ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

रेमिटेन्स आय घटेका कारण शोधनान्तर बचत न्यून देखिएको छ। शोधानान्तर बचत मात्रै २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । गत बर्ष करिव शोधान्तर २२ अर्ब बचतमा रहेको थियो ।

त्यस्तै, असोजको तुलनामा कात्तिकमा मूल्य वृद्धि बढेर ३.९ प्रतिशत पुगेको राष्ट्र बैंकले उल्लेख गरेको छ । मदिरा र तरकारीको भाउ बढ्दा समग्र मूल्य वृद्धि भइको राष्ट्र बैंकको भनाई छ ।

२०७४ पुस १० गते प्रकाशित

वि.सं.२०७४ पुस १० सोमवार १०:५८ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...