back
NMB ad

एक अर्ब पुँजी पुर्याउन इन्स्योरेन्सको २९ % बोनस शेयर

Kumari bank ad

काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरण मार्फत एक अर्ब रुपैयाँ पूँजी पुर्याउने भएको छ। कम्पनीको १३ औ वार्षिक साधारणसभाबाट २९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेसँगै बीमा समितिले निर्देशन गरेको पूँजी पुगेको हो।

कम्पनीले २०७० चैत्रमा ५० प्रतिशत अर्थात ८ करोड ७५ लाख रुपैयाँको हकप्रद शेयर निष्कासन गरेको थियो। साथै कम्पनीले २०७२ मंसिरमा प्रतिशेयर ६५० रुपैयाँमा पाँच लाख १० हजार कित्ता एफपिओ निष्कासन गरेको थियो।

बीमा समितिले निर्देशन गरे बमोजिमको पूँजी जुटाउने शिखर इन्स्योरेन्स दोस्रो कम्पनी भएको छ। यस भन्दा अघि हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले एक अर्ब रुपैयाँ पूँजी पुर्याइसकेको छ।
बोनस शेयर पस्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५ करोड रुपैयाँ पुग्ने छ। कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा कम्पनीले ३७ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो। साथै कम्पनीको जगेडा कोषमा ३० करोड ११ लाख रुपैयाँ जम्मा थियो।

एफपिओ निष्कासनसँगै कम्पनीले आफ्नो पूँजी बलियो बनाउन सफल भएको थियो। साथै हरेक वर्ष बोनस शेयर दिँदै आएको कम्पनीले बीमा समितिले दिएको समय भन्दा अगाडि नै एक अर्ब रुपैयाँ पुर्याउन सफल भएको हो।

कम्पनीले अहिले दिएको २३ करोड ७१ लाख रुपैयाँको तथा बोनस शेयर प्रयोजनार्थ एक करोड २४ लाख रुपैयाँ गत वर्षको मुनाफाबाट पुर्याउन सकेको हो। कम्पनीको हाल संस्थापक शेयरधनी ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत रहेका छन्। कम्पनीले २०६१ साल देखि चालु आर्थिक वर्षसम्म आउँदा एक वटा शाखा कार्यालयबाट विस्तार गरी ५४ वटा पुर्याएको छ।

२०७४ पुस १० गते प्रकाशित

वि.सं.२०७४ पुस १० सोमवार १२:४३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...