back
NMB ad

जलविद्युतको लाखौँ कित्ता सेयर निष्काशन हुदै, खरिद गर्न डिम्याट खाता अनिवार्य

Kumari bank ad

काठमाडौ । साञ्जेन जलविद्युत कम्पनीले विभिन्न चरणमा शेयर निष्काशन गर्ने भएको छ । पहिलो चरणमा सञ्चय कोषका बचतकर्ता, साञ्जेनका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई सेयर निष्काशन गरे पछि दोस्रो चरणमा आयोजना प्रभावितका लागि सेयर निष्काशन गरीइ तेस्रो चरणमा मात्र कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्नेछ ।

ठुलो संख्यामा साधारण सेयर निष्काशन गर्न लागेको कम्पनीले डिम्याट खाता खोल्नका लागि लगानी गर्न चाहनेलाई अनुरोध गरेको छ । कम्पनीले कर्मचारी सञ्चय कोषका बचत कर्ता, कम्पनीका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई ८७ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्दैछ ।

पहिलो चरणको सेयरमा आवेदन गर्न डिम्याट खाता अनिवार्य भएकाले कम्पनीले केही दिनमा नै सेयर निष्काशन हुने भन्दै डिम्याट खाता खोल्न आग्रह गरेको हो । डिम्याट खाता नभएका सर्वसाधारण लगानीकर्ताले पनि डिम्याट खाता खोलेर सेयर आवेदनको तयारी गर्न सक्ने छन् ।

संस्थापक कर्मचारीतर्फ नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवाका तत्कालिन जिविस र गाउँ विकास समितिका कर्मचारीहरु रहेका छन् । ऋणदाता संस्थाका कर्मचारी भन्नाले कर्मचारी सञ्चय कोषका कर्मचारी रहेका छन् ।

पुसभित्र नै ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता सेयर सञ्चय कोषका बचतकर्ता तथा कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीलाई निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

पहिलो चरणमा २४ प्रतिशत साधारण सेयर निष्काशन गरे पछि दोस्रो चरणमा आयोजना प्रभावितका लागि १० प्रतिशत रतेस्रो चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

पहिलो चरणमा निष्काशन हुने २४ प्रतिशत सेयर मध्ये सञ्चय कोषका झण्डै ५ लाख सञ्चयकर्ता लागि १९।५ प्रतिशत, प्राधिकरणका लागि ३।५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ ।

७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वपुँजी लगानी छ । स्वपूँजी मध्ये चिलिमे जलविद्युत कम्पनीको ३८ प्रतिशत, विद्युत प्राधिकरणको १० प्रतिशत तथा जिविस रसुवा र चिलिमे गाविसको ३ प्रतिशत लगानी छ ।

रसुवामा ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको कम्पनीले आगामी वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

२०७४ पुष ११ गते प्रकाशित

वि.सं.२०७४ पुस ११ मंगलवार १२:२५ मा प्रकाशित

You can share this post!

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...