back
NMB ad

एक अर्बको म्युचुअल फण्ड आउदै, तयार हुुनुहुन्छ लगानी गर्न ?

Kumari bank ad

काठमाडौ । सर्वसाधारणको लागि ८ करोड ५० लाख ईकाइमा लगानी खुल्ला गर्दै १ अर्ब रुपैयाको समुहिक लगानी कोष जारी हुने भएको छ । एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको एनआईसी एसिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानी कोष) को ईकाई विक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई कोष जारी गर्ने अनुमति दिएको छ । एनआईसी एसिया क्यापिटल एनआईसी एसिया बैंकको सहायक कम्पनी हो ।

पछिल्लो समयमा धितोपत्र बजारमा फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण बढ्दै गएको छ । साधारण शेयर प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य प्रति इकाई दश रुपैयाँ रहने गर्छ । शेयर बजारलाई थप विविधिकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ ।

क्यापिटलले सात बर्षे बन्दमुखी सामुहिक लगानीकोष ल्याउने भएको हो । क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको दश करोड ईकाइको बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात एक करोड पचास लाख इकाई कोष प्रबद्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी आठ करोड ५० लाख इकाई सर्वासाधारणलाई बिक्री गरिने क्यापिटलले जनाएको छ ।

लगानीकर्तालाई उच्च प्रतिफल दिने र बजारलाई थप फराकिलो बनाउन म्याचुल फण्डको कारोबार गर्न लागिएको सम्बन्धित कम्पनीको भनाइ छ ।

एनआईसी क्यापिटलले शेयर निष्काशन तथा विक्रीप्रबन्धक संगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

२०७४ पुष १२ गते प्रकाशित

वि.सं.२०७४ पुस १२ बुधवार १४:५५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...