back
NMB ad

एक खर्बको पूर्वाधार विकास बैंक खोल्न चिनको प्रस्ताव, नेपालको सेयर कती हुने ?

Kumari bank ad

काठमाडौं। राष्ट्र बैङ्कले पुर्वाधार विकास बैङ्क खोल्नको लागि मार्ग खुला गरेपश्चात नेपालमा १ खर्ब लगानीको बैङ्क खोल्नको लागि चिनले प्रयास सुरु गरेको छ । चीनले एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्ने प्रस्तावमा नेपालको राय मागेको थियो । नेपालमा पूर्वाधार विकास बैंक खोल्न चीनले पठाएको प्रस्तावमा नेपाल राष्ट्र बैंकले १२ वटा बुँदामा आफ्नो राय दिएको छ। अर्थमन्त्रालयलाई चीनले एक खर्ब रुपैयाँको पूर्वाधार विकास बैंक खोल्ने प्रस्ताव पठाएपछि अर्थले नेपालमा के कस्तो ब्यवस्था् छ भनेर राष्ट्र बैंकसँग सुझाव मागेको थियो।

नेपालमा पूर्वाधार विकास बैंक खोल्नका लागि कम्तिमा २० अर्ब रुपैयाँ चुक्ता पूँजी चाहिन्छ। चीनले राष्ट्र बैंकले तोकेभन्दा पाँच गुणा वढि पूँजीसहित नेपाल आउन खोजेको हो।

चिनियाँहरुले नेपालमा विकास आयोजना सञ्चालन गरिरहेका छन्। उनीहरु ती आयोजना पनि आफ्नै बैंकबाट अगाडि बढोस् भन्ने चाहन्छन्। केही वर्षयता नेपालमा चिनियाँ लगानीका ठूला आयोजना र वैदेशिक व्यापार बढिरहेको छ। आफ्नो व्यापार र लगानीलाई सहज बनाउन उनीहरुले आफ्नै लगानीमा बैंक खोल्न चासो दिएका हुन्। अहिले चिनियाँ बैंकहरुले नेपालसँगको कारोबार नेपाली बैंकमार्फत गरिरहेका छन्।

नयाँ सरकार गठनपछि चीनका राष्ट्रपति सि जिनपिङ नेपाल आउने संभावना उच्च भएका कारण त्यसैबेला द्वीपक्षीय सम्झौता गर्ने तयारी भइरहेको अर्थ स्रोतले जानकारी दियो। ठूलो लगानी भएकाले हाइलेवल सम्झौता हुन्छु स्रोतले भन्यो, संभवत राष्ट्रपतिको भ्रमणताका औपचारिक सम्झौता हुने छ।

राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाइसेन्सिङ खुला गरेको दुई साता नबित्दै चीनले प्रस्ताव पठाएको थियो। चीनले एक खर्बको बैंकमा २० अर्ब रुपैयाँ बराबरको सेयर नेपाल सरकारलाई निशुल्क दिने प्रस्ताव गरेको छ।

चीनको झोङ इ रिचवे होल्डिङ (संघाइ) लिमिटेडले पूर्वाधार निर्माणका साथै गोल्ड क्वाइनदेखि फाइनान्सियल डेरिभेटिभ्ससम्म जारि गर्ने प्रस्ताव पठाएको थियो।

चीनको प्रस्तावमा अर्थले मागेको रायमा राष्ट्र बैंकले पूँजी सम्बन्धि ब्यवस्थामा भनेको छ, विदेशी संयुक्त लगानीमा खुल्ने पूर्वाधार विकास बैंकको हकमा विदेशी लगानीकर्ताको अधिकतम ८५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताको कम्तीमा १५ प्रतिशत रहन सक्ने व्यवस्था छ।

यसो हुँदा नेपाल सरकारलाई छुट्टयाइने २० प्रतिशत शेयर भएको अवस्थामा विदेशी लगानीकर्ताको अधिकतम ६५ प्रतिशत मात्र शेयर स्वामित्व कायम हुन सक्ने देखिएकाले यसै अनुसार प्रस्ताव संशोधन गर्न सुझाव दिएको छ। ६५ प्रतिशतभित्र पनि संस्थाका कर्मचारीलाई छुट्टयाइने अधिकतम ०.२ प्रतिशतलाई पनि समावेश गर्नु पर्ने राय राष्ट्र बैंकको छ।

राष्ट्र बैंकले नाफा बाँडफाँडका बिषयमा पनि आफ्नो रायमा उल्लेख गरेको छ। शेयरधनीहरुबीच नाफाको बाँडफाँट विद्यमान ऐन, नीति, नियम अनुसार हुन्छ। सञ्चालन जोखिमको बाँडफाँट शेयरधनीहरुबीच सोझो रुपमा नभई कम्पनीमा उनीहरुको लगानी रकमबाट बहन हुने हुँदा सम्झौतामा यसलाई पनि उल्लेख गर्न अर्थलाई सुझाव दिइएको छ।

चीनले प्रस्ताव गरे अनुसार सुनको सिक्का जारि गर्न प्रचलित ऐनले अधिकार नदिएकाले यसलाई प्रस्तावबाटै हटाउन पनि राष्ट्रर बैंकको सुझाव छ। राष्ट्र बैंकले खारेजी सम्बन्धि ब्यवस्था पनि चीनको प्रस्तावमा उल्लेख नभएकाले त्यसलाई उल्लेख गर्न भनेको छ।

चीनियाँहरुले यसअघि पनि नेपालमा बैंक खोल्न चासो देखाएका थिए। तर उनीहरुले मौखिक प्रस्ताव मात्र गरेका थिए। यसपाली भने चीनले लिखित प्रस्तावै गरेको हो। सरकार चीनियाँ बैंक नेपालमा खोल्न दिनका लागि सकारात्मक छ।

नेपालको वित्तीय क्षेत्रमा चीनियाँहरुको अहिलेसम्म लगानी छैन। बाणिज्य बैंकहरुमा भारतलगायतका देशहरुको भने लगानी छ। नेपालमा ब्यापार बढ्न थालेपछि चीन बैंक खोल्न सकारात्मक देखिएको हो।

नेपालमा चिनियाँ लगानीमा सिन्वा हाइड्रो, माथिल्लो त्रिशुली–३ ए, राजधानीको बाहिरी चत्रपथ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगालगायत दर्जनभन्दा बढी आयोजना सञ्चालनमा छन्। यसबाहेक चिनियाँले नेपालमा होटल तथा रेस्टुरेन्ट, वस्तु व्यापार तथा मासु प्रशोधन उद्योग सञ्चालन गरिरहेका छन्।

व्यापारिक कारोबारमा समस्या भएको भन्दै नेपालले चिनियाँ बैंकको शाखा खोल्न नेपाल–चीन तिब्बत सहसचिवस्तरीय व्यापार सहजीकरण समिति बैठकमा पनि कुरा उठाएको थियो। चार बर्षअघिको वैठकमा पनि चीनीयाँहरुले शाखा खोल्ने प्रतिबद्धता जनाएका थिए।

नेपालमा चीन सरकारले दिने प्रत्यक्ष वैदेशिक सहायताको हिस्सा सानो भए पनि ऋण लगानी र व्यापारको हिस्सा ठूलो छ।

२०७४ पुष १२ गते प्रकाशित

वि.सं.२०७४ पुस १२ बुधवार १५:३६ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...