back
NMB ad

माइक्रोफाइनान्सको एक लाख ६५ हजार कित्ता आइपीओमा कसरी गर्ने आवेदन ?

Kumari bank ad

काठमाडौ । पुस २१ गतेदेखि एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता आईपिओ निष्काशन हुने भएको छ । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले निष्काशन गरेको कुल एक लाख ६५ हजार कित्तामध्ये चार प्रतिशत अर्थात ६ हजार ६०० कित्ता संस्थाका कर्मचारीलाई, पाँच प्रतिशत अर्थात आठ हजार २५० कित्ता ११ वटा सामूहिक लगानी कोषलागि बाँडफाँड गरिएको छ भने बाँकी एक लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले आईपीओमा आस्वा सदस्यमा सहभागि भएका सबै बैंक तथा वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै पुस २५ गतेसम्म आईपीओमा आवेदन गर्न सक्नेछन् ।

३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सको आइपिओ पश्चात चुक्ता पूँजी ५ करोड ५० लाख पुग्नेछ ।

विक्री प्रबन्धकको कार्यालय नक्साल तथा उन्नती माइक्रोफाइनान्सको कार्यालय रुपन्देहीबाट आईपीओको विवरणपत्र प्राप्त गर्न सक्नेछन् । कम्पनीको आईपीओ धितोपत्र बोडबाट मंसिर २९ गते शुक्रबार स्वीकृत भएको थियो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८२० कित्ता सेयरसम्म आवेदन गर्न पाईने व्यवस्था छ । पछिल्लो समय आईपीओ आवेदकको संख्या नै दुई लाख भन्दा बढी हुन थालेकाले आईपीओ प्राप्त गर्नेको संख्या ज्यादै न्यून रहेको छ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नतिले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा दिँदै आएको छ ।

कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ४५ लाख १० हजार रुपैयाँ खुद नाफा नाफा कमाएको छ भने जगेडा कोषमा एक करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको छ । यसअवधिमा कम्पनीले १९ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरको छ भने ६७ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

२०७४ पुष १३ गते प्रकाशित

वि.सं.२०७४ पुस १३ बिहीवार १३:५० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...