back
NMB ad

तीन अर्बको ऋणपत्रको बिक्री खुल्यो, आवेदन कसरी र कतीमा दिने ?

Kumari bank ad

काठमाडौ । एनआईसी एशिया बैंकले नयाँ लगानीका लागि स्रोत जुटाउन एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको छ । बैंकले तीन अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ को बिक्री खुला गरेको छ । बैंकको डिबेन्चरमा यही पुस १३ देखि १७ गतेसम्म आवेदन दिन पाइनेछन । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । यसमा बित्त बजारमा हुने ब्याज दर घटबढले लगानीकर्तालाई कुनै प्रभाव पार्ने छैन ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण गरिने छ । ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि महत्वपूर्ण औजार हुने विश्वास बैंकले लिएको छ ।

सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले इक्राएनपी एलए माइनास रेटिङ्ग प्रदान गरेको छ । जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । साथै, यस बैंकलाई इक्रा नेपाल लिमिटेडले इक्राएनपी आईआर ए माइनस रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरिएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक भएको बैंकले जनाएको छ

तीन अर्ब रुपैयाँको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधि मार्फत निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

ऋणपत्रको बिक्रीप्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । आबेदन गर्न चाहनेले नबिल ईन्भेष्ट र एनआईसी एशियाका शाखा कार्यालयका साथै आफ्नो बैंंक खाता रहेका बैंकहरुमा सम्पर्क राखी आबश्यक पक्रिया पुरा गर्नुपर्ने छ ।

२०७४ पुष १३ गते प्रकाशित

वि.सं.२०७४ पुस १३ बिहीवार १४:३० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...