back
NMB ad

बैङ्कहरु बिच ब्याज बढाउन प्रतिस्पर्धा, के हुन्छ सेयर बजारमा असर ?

Kumari bank ad

काठमाडौं। बजारमा तरलता अभाब देखिए सँगै बैङ्कहरु बिच निक्षेप खोस्ने प्रतिस्पधाृ सुरु भएको छ । सर्वोच्च अदालतले एनसेलले लाभांश मुद्दामा फैसला गरेसँगै पछिल्लो समय वित्तिय बजारमा तहल्का मच्चिएको छ । बैकिङ क्षेत्रमा तरलताको अभावले सेयर बजारमा समेत असर पारेको छ । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।

एनसेलले लाभांश लैजाने भएपछि आफ्नो ऋण दिने क्षमता (तरलता) जोगाइ राख्न बैंकहरुबीच निक्षेप तानातानको प्रतिस्पर्धा सुरु भएको छ।

पुस मसान्तमा सरकारलाई करिव ६५ अर्ब राजस्व बुझाउने समय आउने भएकाले त्यो बेला झिकिने रकमको जोहो गर्न पनि बैंकहरुले ब्याज बढाएका हुन्। अघिल्लो दिन नबिलले २५० करोड रुपैयाँ निक्षेप १३.०२ प्रतिशत ब्याजमा कबुल गरेको भोलीपल्टै एनएमबी बैंकले १३.०५ प्रतिशत तिर्न तयार भयो। अरु बैंकहरु पनि प्रतिस्पर्धामा देखिए। सर्वसाधारणका लागि तोकिएको ११ प्रतिशत मुद्दति खाताको ब्याज बराबर कबुल गर्ने बैंकहरु १७ १८ नम्बर पछाडि परे।

सिभिल बैंकले २२२ दिन पैसा राख्नेलाई १२.२२ प्रतिशत ब्याज दिने सार्वजनिक सुचना नै जारि गरिसकेको छ। यसअघि ग्लोबल आइएमइ बैंकले १२.२५ प्रतिशत ब्याज मुद्दति खातामा दिने सुचना प्रकाशित गरेको थियो।

कति पैसा बाहिरिने हो भन्ने अनुमान लगाउन नसक्दा बैंकहरु आत्तिएजस्तो देखिन्छ, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले भने, यस्तो बेलामा अनुमान लगाउनै गाह्रो हुन्छ। उनले अहिले ब्याज दर अनप्रेडिक्टेवल भएको बताए।

अरु बैंकरले पनि ब्याज दर कतिसम्म उक्लिएला भन्न नसकिने बताए। ब्यवसायिकता नै छैन। तत्कालको गर्जो टार्न बैंकहरुले जे नै गर्न थाले ज्योति विकास बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, कम्तीमा ६ महिनाको अनुमान त लगाउन सक्नुपर्छ। बैंकहरुमा न्यूनतम भिजनसमेत देखिएन।

२०७४ पुष १४ गते प्रकाशित

वि.सं.२०७४ पुस १४ शुक्रवार १२:४५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...