back
NMB ad

सेयर बजार र बैंकहरुमा अभाव, सरकारी ढुकुटीमा रकम थुप्रियो

Kumari bank ad

काठमाडौ । सरकार ढुकुटीमा रकम थुप्रदै गएको छ । तर बैंक तथा वित्तीय क्षेत्रमा रकम अभाव भएको भन्दै बैंकहरूले कर्जा प्रवाह रोक्न थालेका छन् । लगानीयोग्य रकमको अभावमा बैंकहरूले कर्जा प्रवाह रोकेर निक्षेपको ब्याजदर बढाउनेतर्फ लागेका छन् ।

सरकारी खर्च अपेक्षित नहुदा सरकारी ढुकुटीमा दिनौ रकम थुप्रने क्रम बढ्दो छ । वित्तीय प्रणालीमा रकम अभाव भएको भन्दै बैंकहरु नयाँ कर्जा रोक्ने अवस्थामा पुगेका छन् । तर यता नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिना अर्थात कात्तिकसम्ममा सरकारी ढुकुटीमा ३ खर्ब ८ अर्ब ७४ करोड नगद मौज्दात रहेको छ ।

सरकारले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा तीन खर्ब ४० अर्ब १९ करोड खर्च गरेको छ । यो कूल बजेटको २६.६ प्रतिशत मात्र हो । सरकारले चालु आर्थिक बर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यसैगरी सरकारले मंसिर मसान्तसम्ममा एक खर्ब आठ अर्ब ८४ करोड आन्तरिक तथा १४ अर्ब १४ करोड बाह्य ऋण उठाएको छ । त्यस्तै यसअवधिमा १५ अर्ब २७ करोड वाह्य अनुदान परिचालन भएको छ ।

पछिल्लो समयमा विप्रेषण आप्रवाहमा कमी आउनुका साथै सरकारी ढुकुटीमा जम्मा हुने रकम वढेपछि वित्तीय प्रणालीमा समस्या आएको हो । गत कात्तिकसम्म विप्रेषण आप्रवाहमा १.४ प्रतिशतले कमी आएको छ । सो अवधिमा विदेशमा कामका लागि गएका नेपालीहरुले २ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ नेपाल पठाएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलका अनुसार यस अवधिमा दुई खर्ब ९२ अर्ब ७८ करोड अर्थात् ३६.४४ प्रतिशत चालू खर्च भएको छ । यसैगरी पूँजीगततर्फ ३१ अर्ब ९९ करोड अर्थात् ९.५५ प्रतिशत खर्च भएको छ ।

सरकारले संघीय व्यवस्था कार्यान्वयनका लागि गरिएका स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावका लागि आन्तरिक ऋण उठाएको थियो । केन्द्रीय बैंकले उठाएको आन्तरिक ऋण तथा चुनावमा खर्च भएको पैसा वित्तीय प्रणालीमा नआएपछि समस्या बढ्दै गएको हो ।

त्यस्तै सरकारले मंसिरसम्म बैदेशिक सहायता तर्फको सोधभर्ना २० अर्ब ६१ करोड प्राप्त भएको र सोधभर्ना लिन बाँकी रकम ३७ अर्ब ५ करोड रहेको अर्थामन्त्रालयले जनाएको छ ।

अर्कातर्फ सरकारले स्थानीय तहमा निकासा गरेको रकम पनि खर्च हुन सकेको छैन । सरकारले स्थानीय तहमा दुई किस्ता गरी १ खर्ब ५० अर्ब रुपैयाँ निकासा दिएको भए पनि वाणिज्य बैंकहरूमा नआएको हुनाले समस्या देखिएको बैंकहरुको भनाई छ ।

बैंकहरूले वित्तीय प्रणालीमा कर्जायोग्य रकम अभाव भएको भनिए पनि यस विषयमा नेपाल राष्ट्र बैंक सहमत छैन । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा अझै ३४ अर्ब रुपैयाँ तरलता रहेको छ । रकम अभाव भएका बैंकहरुलाई राष्ट्र बैंकले आइतबार पाँच अर्ब रुपैयाँ परिचालन गर्दे छ । राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर उक्त रकम परिचालन गर्न लागेको राष्ट्र बैंकका प्रवत्ता नारायण प्रसाद पौडेलले बताए ।

यता बैंकरहरु भने राष्ट्र बैंकको भनाई प्रति सहमत छैनन् । वित्तीय प्रणालीमा देखिएको समस्या अझै केही समय कायम रहेको खण्डमा समस्या थपिने र बैंकहरुलाई ब्याजदर बढाउन दबाब पर्ने उनीहरुको भनाई छ ।

ुकेही बैंकहरुमा समस्या कम होला तर समग्र वित्तीय बजारमा रकम अभाव नै छ । यसबाट तत्काल बाहिर निस्कन सक्ने अवस्था छैन, एनआइसि एशिया बैंकका प्रमुख कार्यकारी लक्ष्मण रिसालको भनाई छ ।

ुआगामी दिनमा सरकारले गर्ने खर्च र वित्तीय प्रणाली भन्दा बाहिर रहेको रकम फर्कन लाग्ने समयले नै यो अवस्था कहिलेसम्म रहन्छ, एकिन भन्न सकिदैन । तर तत्काल अहिलेको अवस्थाबाट बैंकहरु बाहिरन सक्ने देखिदैन, रिसालले भने ।

यता लक्ष्मी बैंकका प्रमुख कार्यकारी सुदेश खालिङले अहिलेको तरलता अभाव समाधानमा बैंकहरुले केही गर्न नसक्ने बताए । सरकारी खर्च हुन सकिरहेको छैन । वित्तीय बजारमा संकटको अवस्था आउन नदिन सरकारी खर्च बढाउन सरकारले ध्यान दिनुपर्छ । उनले भने, अन्यथा विगतमा प्रवाह भएका कर्जाको समेत व्याजदर बढ्ने हुँदा समस्या अझै बढ्ने देखिन्छ, खालिङले भने ।

२०७४ पुष १४ गते प्रकाशित

वि.सं.२०७४ पुस १४ शुक्रवार १३:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...