back
NMB ad

जलविद्युतमा सामुदायिक विद्यालयको लगानी

Kumari bank ad

काठमाडौँ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिकाशरण माविले म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा रु नौ लाख ५० हजार लगानी गरेको छ । कानूनीरुपमा शुल्क उठाउन नपाउने सामुदायिक विद्यालयले चन्दा सहयोग र अतिरिक्त आम्दानीलाई उपयोग गरी कालिका माविले गुणस्तरमा समेत नमूना प्रस्तुत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले आफ्नो छोराको विवाहको भोज खर्च कटाएर सो रकम आयोजनालाई दिई त्यसको शेयर सदस्यता विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

बुटवलमा लुम्बिनी ह्याचरी प्रालिका सञ्चालक रहेका गलामीले छोरा मनोज गलामीको गत वर्ष भएको विवाहमा तडकभडक खर्च नगरी आफू छ वर्षदेखि अध्यक्ष रहेको विद्यालयमा रु ११ लाख रकम सहयोग गरेका हुन् । सोमध्ये करिब रु तीन लाख विद्यालयको अक्षयकोष र बाँकी जलविद्युत्मा लगानी गरिएको हो ।

१४ मेघावटको सो आयोजनाले उत्पादन शुरु गरेपछि आउने नाफा गरिब र जेहेन्दार विद्यालयलाई पढाउन तथा अन्य काममा प्रयोग गर्ने प्रधानाध्यापक होम पाठकले बताए । “हाइड्रोमा गरिएको लगानीको इच्छापत्र अध्यक्षबाट विद्यालयलाई प्राप्त भएको छ, यसले विद्यालयको व्यवस्थापनलाई थप उत्साहित बनाएको छ,” उनले भने । सो इच्छापत्र यही पुस ७ गते विद्यालयमा आयोजित ५७ औँ वार्षिकोत्सवका अवसरमा हस्तान्तरण गरिएको थियो ।

२०७४ पुस १५ गते प्रकाशित

वि.सं.२०७४ पुस १५ शनिवार १९:०४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...