back
NMB ad

सेयर तथा पूँजी बजारको समस्या समाधान गर्न इन्भेष्टर्स फोरम र बैंकर्स एसोसिएसनको सहकार्य

Kumari bank ad

काठमाडौ । पछिल्लो समय सेयर तथा पुँजी बजारमा देखिएको समस्या समाधान गर्न नेपाल इन्भेष्टर्स फोरम र नेपाल बैकर्स एसोसिएसनले सहकार्य गर्ने भएका छन् । केही दिनयता पूँजी बजारका बारेमा सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रममा पार्ने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाहरुले नकारात्मक टिका टिप्पणी तथा विश्लेषण गरी पुँजी बजारलाई धरासायी बनाउने काम भैरहेको नेपाल इन्भेष्टर्स फोरमले जनाएको छ ।

पूँजी बजारमा निरन्तर गिरावट आएपछि नेपाल इन्भेष्टर्स फोरमका सदस्यहरुले नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरुसँग छलफल गरेका छन ।

छलफलमा फोरमका तर्फबाट अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सेयर बजारलाई व्यवस्थित गर्ने तथा कार्यक्षेत्र विस्तार गर्ने सन्दर्भमा बैंकलाई ब्रोकरेज सेवाको अवसर दिनुपर्ने, शेयर कर्जालाई बैंक तथा बित्तिय संस्थाहरुले लगानीको एउटा क्षेत्रको रुपमा लिई सोही बमोजिम लगानी विस्तार गर्नुपर्ने, सेयर कर्जालाई अतिरिक्त तरलता ब्यबस्थापन गर्ने क्षेत्रको रुपमा नलिई लगानीको एउटा सुरक्षित तथा पुँजी निर्माणको आधार क्षेत्रको रुपमा लिनुपर्ने धारणा राखे ।

इन्भेष्टर्स फोरमले बैंकहरुलाई ब्रोकर लाईसेन्स, मार्जिन कर्जा र मार्जिन कल, मार्जिन कर्जाको ब्याजदर, हकप्रद र बोनसमा मार्जिन गणना गर्ने विधि, वित्त र धितोपत्र बजारका समस्या समाधानमा सहकार्य गर्ने बिषयमा बैंकर्सहरुको ध्यानाकर्षण गरिएको जनाएको छ ।
फोरमका अध्यक्ष पौडेलले शेयर कर्जामा सबै भन्दा बढी १५० प्रतिशतको जोखिम भारितमा राख्ने व्यवस्थालाई तत्काल १०० मा ल्याउनको लागि संयुक्त रुपमा पहल गर्ने, ऋण लिई सकेपछि सूचीकृत कम्पनीहरुले प्रदान गर्ने बोनश तथा हकप्रद शेयर रोक्का नै रहेको अबस्थामा मूल्यांकनको आधार बुक क्लोज हुने दिन कायम रहेको मूल्यलाई मानी सोही अनुसार मात्र मार्जिन कल गर्नुपर्ने आग्रह गरे ।

२०७४ पुष १७ गते प्रकाशित

वि.सं.२०७४ पुस १७ सोमवार १०:३३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...