back
NMB ad

सकियो एसबिआईको विवाद, गर्यो बोनस शेयर र नगद लाभांश दिने प्रस्ताव

Kumari bank ad

काठमाडौं। सञ्चालक समिति सदस्य विवाद सुल्झिए संगै नेपाल एसबिआइ बैंकले १५.४२ प्रतिशत बोनस शेयर र ०.८१ प्रतिशत नगद लाभांश दिने दिने भएको छ। सञ्चालक समिति सदस्य विवादमा बैंकको संस्थापक शेयरधनीको पक्षमा अदालतले फैसला दिएसंगै विवाद टुङ्गिएको हो । सर्वसाधारण समूहबाट एक जना मात्र सञ्चालक चयन गर्ने निर्णय बिरुद्ध अदालतमा मुद्दा परेको थियो।

५५ प्रतिशत शेयर बराबर भारतीय पक्षले चार जना सञ्चालक राखेका छन्। १५ प्रतिशत शेयर भएको सञ्चय कोषको भागमा एक जना सञ्चालक परेको छ। एक जना स्वतन्त्र रहनु पर्छ। त्यही भएर सर्बसाधारणबाट एक जना मात्र सञ्चालक समितिमा अटाउने निर्णय साधारणसभाले गरेको थियो।

सर्बसाधारणको ३० प्रतिशत शेयर रहेको बैंकले सञ्चालक समितिमा एक जना मात्रै अटाउने निर्णय गरेको थियो। बैंकमा स्टेट बैंक अफ इण्डियाको ५५ प्रतिशत लगानी छ। १५ प्रतिशत कर्मचारी सञ्चय कोषको लगानी छ।

साधारणसभाको निर्णयविरुद्ध अदालतमा मुद्दा परेको थियो। अदालतले सोमबार सर्वसाधारणबाट एक जना राखे हुने निर्णय सुनाएको हो।

बैंकले पुस १९ गते साधारणसभा गर्दैछ। सभाले १५.४२ प्रतिशत बोनस शेयर र ०.८१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गर्दैछ।

२०७४ पुष १८ गते प्रकाशित

वि.सं.२०७४ पुस १८ मंगलवार ११:२१ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...