back
NMB ad

अब टुक्रिने भयो नागरिक उड्डयन प्राधिकरण

Kumari bank ad

काठमाडौँ । मुुलुकको हवाई सेवा क्षेत्र व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई अब दुई स्वायत्त निकाय बनाइने भएको छ ।

वायुयान सञ्चालन नियमनकारी निकायका रुपमा रहेको हालको क्यानलाई नियमन गर्ने र पूर्वाधार विकास गर्ने छुट्टै निकाय बनाउने तयारी भएको छ । क्यानको यही पुस १६ गते सम्पन्न १९औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले क्यानलाई थप व्यावसायिक र प्रभावकारी नियामक निकायका रुपमा अघि बढाउन भिन्न स्वायत्त निकाय बनाउन लागिएको जानकारी दिए ।

उन्नाइस वर्षअघि स्थापित क्यानले प्राधिकरण ऐन, २०५३ बमोजिम राज्यद्वारा प्रदत्त उडान र हवाई सुरक्षा, उड्डयन सञ्चार, परिवहन–निगरानी तथा विमानस्थल पूर्वाधार विकास, विस्तारका साथै जहाज परिवहन सेवा सञ्चालनको जिम्मेवारी बहन गर्दै आएको छ । “क्यानको संस्थागत व्यवसायीकरण र नियमनमा सुधार गर्ने कुरा पहिलादेखि उठेको विषय हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नीति र सिद्वान्तअनुसार नियमन गर्ने संस्थालाई थप व्यावसायिक र प्रभावकारी बनाउन खोजिएको हो, यसले थप व्यावसायिक, दक्ष जनशक्ति र उच्च प्रविधिमैत्री बनाउन सहयोग पुग्छ,” उनले भने ।

सचिव न्यौपानेका अनुसार क्यानलाई नयाँ विमानस्थल बनाउने र स्तरोन्नति गर्ने काम प्रभावकारी बनाउन केन्द्रित गर्ने छुट्टै संस्था बनाइने र वायुसेवा कम्पनीलाई प्रभावकारी अनुगमन र नियमन गर्ने अर्को संस्था बनाइने कार्यलाई पूर्णता दिनैपर्नेछ । क्यान कर्मचारी ट्रेड युनियनका प्रतिनिधि श्रवणकुमार यादवले क्यानलाई फुटाएर संस्था समाप्त गर्न खोजिएको हो कि भन्ने गुनासो सार्वजनिक कार्यक्रममै गरेपछि जवाफमा सचिव न्यौपानेले आइकाओको मापदण्डअनुसार काम अघि बढाउनैपर्ने भएकाले कर्मचारीको हितलाई ध्यानमा राखी संस्थालाई व्यावसायिक बनाउने उद्देश्यका साथ यसको विधेयक प्रक्रियालाई चाँडो अघि बढाउन क्यान पदाधिकारीलाई आग्रह गरे ।

२०७४ पुस १८ गते प्रकाशित

वि.सं.२०७४ पुस १८ मंगलवार १४:०८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...