मुल्यबृद्धि विरुद्ध उत्रिएका विद्यार्थीमाथि अन्दाधुन्द लाठी प्रहार, महेश बर्तौला सहित दर्जनौं घाइते

काठमाडौं । पेट्रोलिय पदार्थको मुल्य बृद्धिको विरुद्ध आन्दोलनमा उत्रिएका विद्यार्थी माथि प्रहरी हस्तक्षेप भएको छ ।

त्रिचन्द्र क्याम्पस अगाडी सरकार विरुद्ध नाराबाजी गर्दै मुल्य बृद्धि फिर्ता गर्न सडकमा उत्रिएका विद्यार्थीमाथि अश्रुग्याँस सहित लाठीचार्ज गर्दा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला सहित दर्जनौं विद्यार्थी घाइते भएका छन् ।
सरकारले हिजो मात्र पेट्रोलियम पदार्थको र खाना पकाउने ग्यासको मुल्य बृद्धि गर्ने निर्णय गरेको थियो । सो को विरोधमा अनेरास्ववियुले आन्दोलन थालेको छ ।

२०७४ पुस १८ गते प्रकाशित

२०७४ पौष १८ गते १५:५६ मा प्रकाशित

You can share this post!

सात वटै प्रदेशको अस्थायी मुकाम तोकिँदै, हेर्नुहोस कुन प्रदेशको राजधानी कहाँ ?

आश्वाबाटै गर्नुहोस् बैंकको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रदमा आवेदन

Related posts