काठमाडौ । प्रभु बैङ्कले निष्कासन गर्न लागेको दश बराबर चार अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयरको लागि सेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ । बैंकले माघ ७ गतेदेखि निष्काशन गर्न लागेको हकप्रदका लागि शुक्रबार बुकक्लोज गर्ने भएकाले विहीबारसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।
हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।
प्रभु बैंकले ०७३ पुस ८ गते सम्पन्न १५ औं साधारण सभाबाट पारित भएको हकप्रद प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले ०७४ पुस ६ गते ४० प्रतिशत हकप्रद निष्कासनको स्वीकृती प्रदान गरेको थियो ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । फागुन ७ गते खुला हुने हकप्रद फागुन १३ गतेसम्म खुला रहनेछ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा कायम गरेको छ । बैंकको सेयरमूल्य बुधबार प्रतिकित्ता ३१८ रुपैयाँमा कारोबार भएको छ ।
२०७४ पुष २० गते प्रकाशित
वि.सं.२०७४ पुस २० बिहीवार ११:०० मा प्रकाशित