back
NMB ad

ज्ञानेन्द्र ढुङ्गाना बैंकर्स संघको निर्विरोध अध्यक्ष, उपाध्यक्षमा छैन कसैको चासो

Kumari bank ad

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन् भने उपाध्यक्षमा कोही ईच्छुक देखिएनन् । अध्यक्षमा निर्बिरोध निर्वाचित भएका ज्ञानेन्द्र ढुङ्गाना एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। बिहिबार साँझ बस्ने बिशेष साधारणसभाले उनको उमेद्वारीलाई अनुमोदन गर्ने छ। उनी आगामी दुई बर्षका लागि अध्यक्ष चुनिने छन्।

अध्यक्षमा ढुङ्गाना औपचारिक रुपमा चयन भएपछि फेरि उपाध्यक्ष पद खाली हुने छ। रिक्त उपाध्यक्ष पद सहमतिमा पूर्ति गर्ने वा कार्यसमितिबाट नियुक्त गर्ने बारे टुङ्गो लागिसकेको छैन। अघिल्लो पटक दुई जना उपाध्यक्ष पद रहेकोमा कसैले खाने इच्छा नदेखाएपछि खारेज गरिएको थियो।

अध्यक्षमा ढुङ्गानावाहेक कसैको पनि उमेद्वारी नपरेपछि उनी निर्बिरोध भएका हुन्। संघमा उपाध्यक्ष रहेका ढुङ्गाना अध्यक्ष अनिल शाह बैंकिङबाट बाहिरिएपछि कार्यवाहक अध्यक्ष भएका थिए। ढुङ्गानालाई नै अध्यक्ष बनाउन मोटामोटी सहमति बनेपछि बाँकी बैंकरले उमेद्वारी दिएनन्।

बैंकरहरुले उपाध्यक्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीला प्रकाश सिटौलालाई बनाउन खोजिरहेका छन्। तर उनले अहिलेसम्म हुन्छ भन्ने जवाफ दिएका छैनन्। साथै सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी ज्योतिप्रकाश पाण्डेको पनि उपाध्यक्षका लागि सम्भावना रहेको छ।

२०७४ पुष २० गते प्रकाशित

वि.सं.२०७४ पुस २० बिहीवार ११:२६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...