back
NMB ad

माघमा १० करोड इकाईको म्युचअल फण्ड, यस्तो छ आवेदन प्रक्रिया

Kumari bank ad

काठमाडौ । एनआईसी एसिया क्यापिटलको १ अर्ब रुपैया बराबरको सामसहिक लगानी कोष (म्युचअल फण्ड) बजारमा आउने भएको छ । क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्ड नामको सामुहिक लगानी विक्रीमा ल्याउन लागेको हो ।एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको १० करोड इकाईको म्युचअल फण्ड माघ २ गतेदेखि निष्काशन गर्ने भएको हो ।

फण्डमा आस्वा सदस्यमा सहभागि सबै वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । न्यूनतम एक सय इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन गर्न सकिने व्यवस्था छ । बढी माग आवेदन परेमा फण्डको आकार २५ प्रतिशतसम्म बढाउन सकिने व्यवस्था रहेको छ । फण्डमा आवेदन गर्ने अन्तिम दिन माघ ८ गते रहेको छ ।

यो सामुहिक लगानी कोष सात बर्षे बन्दमुखी योजना हो । क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको दश करोड ईकाइ बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात एक करोड पचास लाख इकाई कोष प्रबद्धक एनआइसी एशिया बैंक र क्यापिटललाई सुरक्षित गरिएको छ । बाँकी आठ करोड ५० लाख इकाई सर्वासाधारणलाई बिक्री गरिने क्यापिटलले जनाएको छ ।

उक्त फण्ड जारी गर्न क्यापिटललाई धितोपत्र बोर्डले पुस ११ गते अनुमति प्रदान गरेको थियो । पछिल्लो समयमा धितोपत्र बजारमा फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत थप आकर्षण बढ्दै गएको छ ।

साधारण शेयर प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य प्रति इकाई दश रुपैयाँ रहने गर्छ । शेयर बजारलाई थप विविधिकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ । लगानीकर्तालाई उच्च प्रतिफल दिने र बजारलाई थप फराकिलो बनाउन म्याचुल फण्डको कारोबार गर्न लागिएको सम्बन्धित कम्पनीको भनाइ छ ।

हाल बजारमा १२ वटा यस्ता सामूहिक लगानी कोष सञ्चालनमा रहेका छन् । सिबिआईएल क्यापिटलले भर्खरै मात्र स्विकृति पाएको छ भने पुस ९ गतेदेखि सिद्धार्थ लगानी वृद्धि योजना १ को अवधि समाप्त भएको छ । ग्लोबल आईएमई क्यापिटल र एनआईबिएल क्यापिटल सामूहिक लगानी कोष सञ्चालन अनुमतिका लागि पाईपलाइनमा रहेका छन् । यो फण्ड चालू आर्थिक बर्षको तेस्रो सामूहिक लगानी कोष हो । यसअघि सानीमा र सिद्धार्थ इक्वीटी फण्ड जारी भैसकेका छन् ।

२०७४ पुष २१ गते प्रकाशित

वि.सं.२०७४ पुस २१ शुक्रवार ११:५८ मा प्रकाशित

You can share this post!

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...