back
NMB ad

लघुवित्तको २ करोड ४० लाखको आइपीओ आउदै, यसरी गर्नुहोस खरिद ?

Kumari bank ad

काठमाडौ । स्पर्स लघुवित्त वित्तीय संस्थाले २ करोड ४० लाखको आईपिओ जारी गर्ने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।

संस्थाको प्रथम वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा निमयावलीमा संसोधन, थप पाँच जिल्लामा कार्यक्रम विस्तार गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल संस्थाको चुक्ता पुँजी ५ करोड ६० लाख रहेको छ । सर्वसाधारणलाई शेयर जारी गरे पश्चात संस्थाको चुक्तापूाजी ८ करोड पुग्नेछ । नेपाल राष्ट्र बैंकबाट ५२ औं लघुवित्त संस्थाको रुपमा अनुमति पाएको स्पर्स लघुवित्तले १० जिल्लामा लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यस्तै गरी साधारण सभाले प्रा.डा. सुशिल भक्त माथेमा, डा. सुरेन्द्र न्यौपाने र जनता बैंकको तर्फबाट अजय कुमार मिश्र गरी ३ जनालाई संचालकमा निर्वाचित गरेको छ । साधारण सभा पछि बसेको संचालक समितिको बैठकले प्रा.डा.सुशिलभक्त माथेमालाई अध्यक्ष चयन गरेको छ ।

संस्थाले हाल १५ वटा शाखा मार्फत करिब ३४ सय सदस्यहरुलाई ११ करोड कर्जा लगानी गरेको र करीब १ करोड ६० लाख बचत संकलन गरेको संस्थाले जानकारी दिएको छ ।

२०७४ पुष २३ गते प्रकाशित

वि.सं.२०७४ पुस २३ आइतवार ११:५७ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...