back
NMB ad

फाइनान्सको २६ करोड ६ लाखको हकप्रद खुल्यो, कहिले गर्ने आवेदन ?

Kumari bank ad

काठमाडौ । सेन्ट्रल फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यका २६ करोड ६ लाख रुपैयाँ बराबरको २६ लाख ३ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद शेयरको निष्कासन गरेको हो।

हाल कम्पनीको चुक्तापूँजी ५२ कारेड रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ७८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा सेन्ट्रल फाइनान्सका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, विरगन्ज, नेपालगंज, इटहरी र धनगढी शाखा कार्यालय र आस्बा सदस्य कम्पनी तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

फाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्न पुस ४ गते सेयरधनी किताब बन्द गरेको थियो । पुष ३ गतेसम्म कायम सेयरधनीले हकप्रदका लागि पुस २३ गतेदेखि माघ २८ गतेसम्म आवेदन दिन पाउनेछन् ।

राष्ट्र बैंकको व्यस्था अनुसार फाइनान्सले चुक्ता पुँजी बढाएर ८० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

२०७४ पुष २३ गते प्रकाशित

वि.सं.२०७४ पुस २३ आइतवार १४:०० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...