back
NMB ad

६० हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो

Kumari bank ad

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले आयोजना गरेको ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ मा ६० हजार बढीले अवलोकन गरेका छन् ।

एक्पो उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो । एक्स्पो यही पुस २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको थियो । एक्स्पो अपेक्षा गरेअनुसार सफल भएको आयोजक संस्थाले जनाएको छ ।

विदेशी कम्पनीले नेपालको जलविद्युत् विकासमा देखाएको चासोले आगामी दिनमा ऊर्जा क्षेत्रमा धेरै सुधार आउनेमा आफूहरु आशावादी रहेको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिए ।

एक्स्पोमा जलविद्युत् आयोजनाका प्रवद्र्धक जलविद्युत्का सामान उत्पादक, वितरण, परामर्शदाता, बीमा कम्पनी लगानीकर्ता र बैंक तथा वित्त कम्पनीलगायत झण्डै १०० भन्दा बढी स्टल रहेका थिए ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता थियो ।

यसैगरी जलविद्युत् आयोजनाको विकास र विस्तारमा सहयोग पुग्ने गरी जलविद्युत्सम्बन्धी नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा साउथ वेष्टर्न विजनेश कलेज प्रथमा भएको छ भने काठमाडौं विश्वविद्यालयले दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा प्रथम हुनेले रु ५५ हजार ५५५ तथा द्वितीय र तृतीय हुनेलाई क्रमश रु २२ हजार २२२ र रु ११ हजार १११ नगद पुरस्कार प्रदान गरिएको थियो ।

२०७४ पुस २३ मा प्रकाशित

वि.सं.२०७४ पुस २३ आइतवार २०:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...