back
NMB ad

किन्ने होइन त २२ करोड ८१ लाखको माइक्रोफाइनान्सको हकप्रद ?

Kumari bank ad

काठमाडौ । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले २२ लाख ८१ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । बोर्डले दुई बराबर एक अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री गर्न लघुवित्तलाई अनुमति प्रदान गरेको हो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीले दुई करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ कायम गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर गत भदौ २७ गतेसम्म डिम्याट गरेका सेयरधनीहरुको खातामा नै मंसिर २७ गतेदेखि जम्मा गरिएको जनाएको छ ।

लघुवित्तको हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्टको हकप्रद जारी पश्चात ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

अझै भौतिक रुपमा नै सेयर धारण गरेका लगानीकर्ताले भने आफुसँग भएको सेयर अभौतिकिकरण गरेपछि सेयरधनीको खातामा नै बोनस पठाईने लघुवित्तले जनाएको छ ।

२०७४ पुष २४ गते प्रकाशित

वि.सं.२०७४ पुस २४ सोमवार १५:३८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...