back
NMB ad

होचो स्थानको हिमताललाई चिनाउन कास्कीमा नयाँ पदयात्रा मार्ग खोलिँदै

Kumari bank ad

पोखरा । होचो स्थानमा रहेको दाबी गरिएको कास्कीको कफुचे हिमताललाई देश विदेशमा चिनाउन नयाँ पदयात्रा मार्ग सञ्चालनको तयारी अगाडि बढाइएको छ ।

पछिल्ला एक दुई वर्षयता बढी चर्चामा आउन थालेको यो ताल जिल्लाको मादी गाउँपालिका–१ स्थित समुद्री सतहबाट २४५० मिटरको उचाइमा रहेको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले उक्त तालको प्रवद्र्धनका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान सञ्चालन गरेको थियो ।

अन्नपूर्ण दोस्रो र लम्जुङ हिमाल बीचबाट आउने हिमपहिरोबाट बनेको यो हिमतालले पर्यटनको अथाहा सम्भावना बोकेका कारण खोज तथा अनुसन्धान अघि बढाइएको टान पश्चिमाञ्चल संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाको दीपबाट पदयात्रा शुरु गरी कास्कीकै अर्मला, आँटीघर मौजा, थाक, तारा हिल, सिक्लेस, हुगु हुँदै कफुचे पुग्ने यो मार्ग कम्तीमा एक हप्ता लामो हुन्छ ।

पदयात्रा मार्गमा पर्ने गाउँ, पानीका स्रोत, भञ्ज्याङलगायतलाई समेटेको नक्सा बनाउन जिपिएससहितको एक टोलीसमेत खटिएको छ । केही महिनाभित्र सो मार्गको नक्सा र ब्रोसर निर्माण गरी सो मार्ग सञ्चालनको क्रम अगाडि बढाइने टान क्षेत्रीय संघ पोखराका पूर्व सचिव एवं खोज तथा अनुसन्धान अभियानका संयोजक विनय आचार्यले जानकारी दिनुभयो ।

पदयात्रा मार्गको अधिकांश भाग अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ । गुरुङ संस्कृतिको अवलोकन, हरियाली जंगल, लामो हिमाली शृङ्खलाको दृष्य, कोटहरु, चरा अवलोकन, विभिन्न जंगली जनावरको अवलोकन गर्दै होचो स्थानमा हिमताल र त्यहाँ आउने हिमपहिरो हेर्न पाउनु यो मार्गको विशेषता हो ।

केम्पिङ र होमस्टेमा आधारित यो पदयात्रा मार्गलाई १० दिनमा विस्तार गरी मादी गाउँपालिकामा रहेको हुगुबाट कोरी, थुर्जु, दूधपोखरी हुँदै नामून पासबाट मनाङ जिल्ला निकाल्ने योजना रहेको पर्यटन व्यवसायी बताउँछन् ।

पदयात्रा मार्गहरु सडक मार्गको चपेटामा पर्दै जान थालेपछि वैकल्पिक मार्गका रुपमा यो मार्ग सञ्चालनको तयारी थालिएको टान वेष्टर्न रिजनल एशोसिएसन पोखराका कार्यकारी सदस्य रामचन्द्र अधिकारीले बताउनुभयो । – रासस

२०७४ पुष २७ गते प्रकाशित

वि.सं.२०७४ पुस २७ बिहीवार ११:४५ मा प्रकाशित

You can share this post!

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:४३

काठमाडौं । एसईई परीक्षा २०८० मा सहभागी हुनुभएका विद्यार्थीहरुलाई लक्षित...

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको त्रुटिपूर्ण फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३६

काठमाडौं । जलविद्युत क्षेत्रका भिष्मपिता भनेर चिनिने गुरु प्रसाद न्यौपानेले...

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...