back
NMB ad

हाईड्रोको ९६ करोड ६१ लाखको आईपीओ आउदै, कहिले र कसरी गर्ने खरिद ?

Kumari bank ad

काठमाडौ । युनिभर्सल पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपिओ) जारी गर्न प्रस्ताव गरेको छ । कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता सेयर जारी गर्न माघ ११ गते विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले अमृतभोग पार्टी प्यालेस डिल्लीबजारमा दिउँसो ३ बजे विशेष साधारण सभा डाकेको हो ।

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सलले जारी पूँजी दुर्इ अर्ब १० करोड रूपैयाँको ४६ प्रतिशत बराबरको ९६ लाख ६१ हजार कित्ता आर्इपीओ जारी गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेको कम्पनीले जनाएको छ । सभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढ्ने हुने कम्पनीले जनाएको छ ।

साधारण सभाका लागि कम्पनीले विहीबारदेखि सेयरधनी किताब बन्द गरेको छ । यसअनुसार पुस २६ गतेसम्म कायम सेयरधनी सहभागि हुन पाउनेछन् ।

यूनिभर्सल पावर कम्पनीले कम्पनीले मनाङ्ग जिल्लामा अवस्थित नार खोलामा ३१.७७ मेगावाट क्षमताको माथिल्लो नार जलविद्युत आयोजनाको मंसीर १४ तथा सोलुखुम्बु जिल्लामा अवस्थित इङ्खु खोलामा २४.२२ मेगावाट क्षमताको माथिल्लो इङ्खु जलविद्युत आयोजनाको मंसीर २५ गते विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । कम्पनीले संखुवासभा जिल्लामा अवस्थित कसुवाखोला आयोजनामा लगानी गर्ने योजना बनाएको छ ।

जलविद्युत्त कम्पनीहरूले निष्काशन हुने सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित (दोलखाबासी) का लागि निष्काशन गर्नुपर्ने हुन्छ । बाँकी सेयर संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ ।

युनिभर्सलमा ४६ प्रतिशत सर्वसाधारण र ५४ प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको ११ मेगावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ ।

उता युनिभर्सल पावरको माउ कम्पनी सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४।४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो । कम्पनीले रुकुममा ४।३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलविद्युत आयोजनाको सर्वेक्षण गर्देछ । साथै कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाँउपालिकामा १२ मेगावाट क्षमताको दोर्दी खोला जलविघुुत आयोजना २०७७ सालको असारमा आयोजनाको निमार्ण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

२०७४ पुष २७ गते प्रकाशित

वि.सं.२०७४ पुस २७ बिहीवार १४:५३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...