back
NMB ad

माइक्रोफाइनान्सले घोषणा गर्यो १० करोडको बोनस, कहिले हुन्छ सुरु ?

Kumari bank ad

काठमाडौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले नगद लाभांश सहित बोनस दिने भएको छ । संस्थाले गत बर्षको कमाईबाट वितरण गर्ने बोनस तथा नगद लाभांस घोषणा गरेको हो । कम्पनीको विहीबार बसेको संचालक समितिको बैठकले ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

फरवार्ड माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १५ प्रतिशत नगद लाभांसगरी कुल ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको कम्पनीको बोनसपछि पुँजी ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले गतबर्ष मात्र आइपीओ निष्कासन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ७८ लाखरुपैयाँ खुद नाफा कमाएको छ । फरवार्डको रिजर्भ कोषमा भने ६६ करोड ७६ लाख १६ हजार रुपैयाँ छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३ हजार ५ सय रुपैयाँको हाराहारीमा रहेको छ । कम्पनीको सेयरमूल्य निक्कै माथि भएकाले बोनसको लोभमा सेयर खरिद गर्नु फाइदाजनक नहुन पनि सक्छ । केही महिना अगाडि कम्पनीको सेयरमूल्य प्रतिकित्ता चार हजार रुपैयाँसम्म पुगेको थियो ।

२०७४ पुष २८ गते प्रकाशित

वि.सं.२०७४ पुस २८ शुक्रवार १५:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...