back
NMB ad

१ अर्ब ५६ करोडको आईपिओ सहित पाँच महिनामा ६० अर्ब ६१ करोडको धितोपत्र सूचीकृत

Kumari bank ad

काठमाडौ । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य वार्षिक बिन्दुगत आधारमा ३३.६ प्रतिशतले वृद्धि भई ३०९ अर्ब ३६ करोड पुगेको छ । आर्थिक वर्ष २०७४,७५ को पहिलो ५ महिनामा सेयरबजारमा कुल ६० अर्ब ६१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा साधारण, बोनस, हकप्रद सेयर तथा सरकारी ऋणपत्रको गरी उक्त परिमाणको धितोपत्र सूचिकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

यसअवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या १९४ मा झरेको छ । अघिल्लो मंसिरमा नेप्सेमा सूचिकृत कम्पनीको संख्या २२१ थियो । केही बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भएका कारण सूचीकृत कम्पनीहरूको संख्या घट्न गएको हो ।

सूचीकृत कम्पनीहरूमध्ये १४८ वटा बैंक तथा वित्तीय संस्था (बीमा कम्पनी समेत) रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, १७ वटा जलविद्युत् कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ३ वटा अन्य समूहका रहेका छन्।

राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा १ अर्ब ५६ करोड बराबरको साधारण शेयर, २१ अर्ब ८ करोड बराबरको हकप्रद शेयर, २ अर्ब ८३ करोड बराबरको बोनस शेयर र ३५ अर्ब १४ करोड बराबरको सरकारी ऋणपत्र गरी कुल ६० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

२०७४ मंसिरमा १० अर्ब ६५ करोड बराबरको सेयर कारोबार भएको छ । जून अघिल्लो मंसिरको तुलनामा ४३।५ प्रतिशतले कम हो । २०७३ मंसिरमा १८ अर्ब ८३ करोड बराबरको सेयर कारोबार भएको थियो ।

आर्थिक वर्ष २०७४ को कुल गार्हस्थ्य उत्पादनसँग समीक्षा अवधिको बजार पूँजीकरणको अनुपात ६८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७५.८ प्रतिशत रहेको थियो।

२०७४ माघ ४ गते प्रकाशित

वि.सं.२०७४ माघ ४ बिहीवार १३:४२ मा प्रकाशित

You can share this post!

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२०

मथुरा (भारत), १४ वैशाख  भारतमा छ साता लामो चुनावी अभियान...

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...