back
NMB ad

सामुदायिकको आईपिओमा राष्ट्रबैङ्क भिलेन, धितोपत्रले रोक्यो निष्कासन

Kumari bank ad

काठमाडौ । सामुदायीक लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी गर्न लागेको ३ लाख कित्ता आईपिओ धितोपत्र बोर्डले रोको छ । संस्थाले माघ ९ गतेदेखि निष्कासन गर्न लागेको साधारण शेयर (आईपीओ) तत्काल जारी नहुने भएको छ । धितोपत्र बोर्डले राष्ट्र बैंकको निर्देशनमा आइपिओ रोक्न निर्देशन दिएपछि हाललाई स्थगन भएको हो।

 

सामुदायिक लघुवित्त वित्तीय संस्थाले माघ ९ गतेबाट ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर निष्कासन गर्ने तयारी थालेको थियो । अब बोर्डले पुनः अनुमति दिएपछि मात्र आईपीओ निष्कासन हुने सामुदायिकले जनाएको छ ।

क्यापिटलका एक अधिकारीका अनुसार बोर्डले लेखेको पत्रमा आइपिओ तत्काल रोक्नाको कारण खुलाइएको छैन। अहिले दुई वटा म्युचूअल फण्डको सार्वजनिक निष्कासन भइरहेको र ती फण्डको निर्धारित समयमा सबै इकाईहरु बिक्री नभएर समय थपेको अवस्थामा आइपिओ निष्कासन तत्कालका लागि रोकिएको हुनसक्ने एसबिआई मर्चेन्टका एक अधिकारीले बताए ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकको आग्रहमा कम्पनीको आईपिओ स्थगित गर्न निर्देशन दिएको जनाएको छ ।

यता धितोपत्र बोर्डले भने राष्ट्र बैंकको स्थलगत अनुगमनको क्रममा कम्पनीमा गम्भिर कैफियत भेटिएपछि आइपिओ निष्कासनमा रोक लगाउन निर्देशन दिएको जनाएको छ । कम्पनीको पछिल्लो संस्थागत सुशासनमा समस्या देखिएको र कम्पनीले सार्वजनिक गरेका वित्तीय सूचकहरु अवास्तविक भएको भन्दै राष्ट्र बैंकको निर्देशनमा आइपिओ निष्कासनमा रोक लगाएको बोर्डले जनाएको छ ।

२०७४ माघ ८ गते प्रकाशित

वि.सं.२०७४ माघ ८ सोमवार १२:३३ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...