back
NMB ad

डोल्पेली बासिन्दाको दिनचर्या अमेरिकामा, हेर्नुहोस फोटोफिचर

Kumari bank ad

कोलोराडो, अमेरीका । नेपालको बिकट जिल्ला डोल्पामा जन्मेकी दोर्जे डोल्माले अमेरीकामा आङ्खनो जिवन कथा र डोल्पेली बासिन्दाको दिन चर्या सगटिएको याक ग्रर्ल नामक पुस्तक लेखी प्रकासनमा ल्याएकी छन् ।

ढाडमा समस्या भई राम्रो संग स्वास प्रश्वास लिन तथा हिडडुल समेत गर्न नसक्ने अवस्थामा आजभन्दा २३ बर्ष अगाडी अमेरिका छिर्दा डोल्माको अवस्था ज्यादै नाजुक अवस्थामा पुगिसकेको थियो । उनी जिवनको अन्तिम घडिमा पुगीसकेकी थिईन् । तिनै डोल्माले १५ बर्ष लगाएर लेखेकी याक ग्रर्ल नामक तिनसय २८ पृष्ट लामो पुस्तक बिक्रीबाट संकलित रकम डेल्पाको स्वास्थ्य र शिक्षाको विकासमा खर्च गर्ने बताएकी हुन् ।

कोलोराडोको बोल्डर निवासी जेनीफर क्लरीले हेल्थ क्याम्पमा जादा डोल्मालाई भेटेकी थिईन । उनले डोल्माको स्वास्थ्य जांच गराउदा नेपालमा केहि गर्न नसकिने डाक्टरहरुको सुझाव आएपछि जेनीफर डोल्माको एक्सरे बोकेर अमेरिका छिरिन् । अमेरिका आएपछि उनी डोल्माको अवस्था सम्झेर चुप लागेर बस्न सकिनन् । उनी त्यो एक्सरे बोकेर कोलोराडो स्थित ठूल्ठूला अस्पतालहरु धाउन थालिन् । डाक्टरहरुबाट उपचारको प्रयासगर्ने आश्वासन पाएपछि उनी पुःन नेपाल फर्केर नेपालमा बढो कठिनताका साथ कागजपत्र तयारपारी डोल्मालाई अमेरिका ल्याउदा उनिसंग डोल्मालाई बचाउने निकै कम समयमात्र बांकी थियो ।

ढाड कुप्रीएर फोक्सो , कलेजो चेपिई ज्यादै नाजुक अवस्थामा पुगेकी डोल्मा, अहिले उपचार पश्चात पढेर स्थानीय कोलोराडो यूनिभर्सिटीबाट ग्राजुएट भई जागीर खाई आनै खुट्टामा उभिन सक्ने भएकी छन् । अमेरीका छिर्दा अग्रेजी त परै जावस क,ख समेत नचिनेकी तिनै डोल्माको किताब किन्न र उनको जिवन कथा उनकै मुखबाट सुन्न बुधबार बोल्डर बुक सेन्टरको हल खचाखच भरिएको थियो । स्थानीयहरुको जमघटले खचाखच भरिएको हलमा डोल्माले आºनो बिगत र डोल्पेली जनताको स्थिती बताई रहदा सहभागीहरुलाई धेरै पटक स्तब्ध तुल्याएको थियो ।

अहिलेको युगमा पनि कुनै ठाउंमा मानिस यातायतका साधन, संचार, शिक्षा, स्वास्थ्यको सुविधाबाट बन्चित छन् भन्दा अमेरिकी अचम्मित नहुने कुरै भएन । त्यसैले उनीहरुले डोल्मालाई त्यसै सम्बन्धि धेरै प्रश्नहरु गरेका थिए । डोल्माले आफुले लेखेको किताबबाट उठेको पैसाले डोल्पामा सुविधा सम्पन्न अस्पताल र बिद्यालय निर्माणमा खर्चगर्ने बताए पछि हलमा उपस्थित सबै अमेरीकनहरु उठेर जोडदार तालीका साथ उनलाई सम्मान गरेका थिए । उनले कार्यक्रम स्थल बुक्स सेन्टरमा बिक्रीको लागी लगेकी पुस्तक कार्यक्रम सम्पन्न हुनु अगाडी ने सबै बिक्री भईसकेको थियो ।

डोल्माको पुस्तक याक ग्रर्ल अहिले अमेरिकामा यती चर्चित भई सकेको छ की उनलाई प्रवचन दिन जान भ्याई नभ्याई भईरहेको छ । अमेरीका स्थित बिभिन्न यूनिभर्सिटी, ठूल्ठूला लाईब्रेरी, तथा बुक स्टोरहरुले उनिसंग समय मागीरहेको उनले बताएकी छन् । उनी यही पुस्तकको प्रवचनको लागी आगामी फ्रेवरीमा नेपाल जाने तयारीमा रहेकी छन् । 

२०७४ माघ ८ गते प्रकाशित

वि.सं.२०७४ माघ ८ सोमवार १५:०१ मा प्रकाशित

You can share this post!

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:२९

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको...

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...