back
NMB ad

टोकियोमा भारी हिमपात, सतर्कता अपनाउन आह्वान

Kumari bank ad

टोकियो । जापानको राजधानी टोकियोको ठूलो क्षेत्रमा सोमबार भारी हिमपात भएको छ ।
मानव दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमबर्षा मंगलबारसम्म हुनसक्ने जलसम्वन्धि निकायका अधिकारीहरूले चेतावनी दिएका छन् ।

जापान जलबायु विभागले टाहोकु र होक्काईडोमा पनि हिउँले पुरै ढाकेको र कान्तो कोशिन तथा तुहोकु क्षेत्रमा स्थानीय समय अनुसार मंगलबार विहान ६ बजेसम्म ३० सेन्टिमिटर हिउ थुप्रिने अनुमान गरिएको जनाएको छ ।

त्यसैगरी होकुरिकु देखि चुगुकुसम्मको मध्य तथा पश्चिमी क्षेत्रमा २० सेन्टिमिटर र उत्तरी क्युसु र शिकोकु क्षेत्रमा १५ सेन्टिमिटरसम्म हिउँले ढाक्ने पुर्वानुमान गरिएको छ ।

मंगलबारसम्म टोकियोका २३ वार्डमा १० सेन्टिमिटर र अन्य ठाँउहरूमा ३० सेन्टिमिटर बाक्लो हिउँ पुग्ने देखिएको छ ।

जापानको सार्वजनिक प्रसारण ९एनएचके०ले सोमबार बेलुकी टोकियोसँग जोडिएका मुख्य सडकहरुमा यातायात सेवा आंशिक रुपमा अवरुद्ध भएको जनाएको छ ।

त्यसैगरी टोमेई र शिन टोमेई द्रूतमार्ग, अन्तर महानगर र सुटो द्रूत मार्गमा सवारी साधन राम्रोसँग चलाउने अवस्था रहेको अधिकारीहरुले बताएका छन् ।

जापानी झण्डाबहाक जापान एयरलाइन्सले २० भन्दा बढी उडान रद्ध गरेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
सोमबारको उडान रद्ध हुँदा झण्डै पाँच हजार यात्रु प्रभावित भएको अधिकारीले जानकारी दिएका छन् ।

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार ११:३७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...