back
NMB ad

यी हुन तपाईले आईपिओका बारेमा जान्नैपर्ने कुराहरु

Kumari bank ad

काठमाडौं– सबै लगानीकर्ताको मुख्य चासोको विषय हो आईपिओ । विभिन्न कम्पनीको आईपिओमा माग भन्दा अधिक आवेदन परिरहेका छन् । तर आवेदन गर्ने लगानीकर्तामा आफ्नो लगानी कतै डुब्छ की भन्ने डर सधै रहन्छ । जिन्दगीको अमुल्य संघर्षबाट आर्जित धन सेयरमा लगानी गर्दा होसियार हुन आवश्यक छ ।

तपाईहरु यदि सेयरमा लगानी गर्दै हुनुहुन्छ भने के के कुरा जान्न आवश्यक छ त ? हो यिनै विभिन्न जानकारीहरुलाई हामी तपाहरुसंग बाड्न गईरहेका छौ ।

यदि तपाई नियमित सेयरको कारोबार गरिरहनु भएको छ भने तपाईलार्य थाहा नै होला, लगानी गर्दा निष्काशनकर्ता कम्पनीको विवरणपत्र राम्रोसंग अध्ययन गर्नुपर्दछ ।

कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी गर्दा डुब्ने सम्भावना न्युन रहन्छ ।

निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुबाट कम्पनीको विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरु प्राप्त गरेर विस्तृत जानकारी हासिल गर्न सकिन्छ ।

तपाईले जब आईपिओको लागि दरखास्त दिनुहुन्छ, त्यसपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सूचनाहरु खोज्नुहोस र आफु अद्यावधिक रहनुहोस ।

धितोपत्रको निष्काशन मूल्य र सूचीकरण पश्चात धितोपत्र विनिमय बजार नेप्सेमा कायम हुन जाने मूल्य फरक हुनेहुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको बारेमा विभिन्न तवरबाट सूचनाहरु खोज्नुहोस र सुरक्षित रहनुहोस ।

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार २१:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...