back
NMB ad

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवार, हेर्नुहोस सूचीसहित

Kumari bank ad

भक्तपुर । नेकपा एमालेको स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकले १ नं प्रदेशबाट पाँच, २ नं प्रदेशबाट एक, ३ नं प्रदेशबाट छ र ४ नं प्रदेशबाट चार गरी १६ जनाको नाम टुंगो लगाएको हो । प्रदेश नं १ बाट नैनकला ओझा (महिला) मोरङ, खेम नेपाली (दलित) मोरङ, हरिचरण सिवाकोटी (खुला) झापा, परशुमेघी गुरुङ (खुला) संखुवासभा र अगम बान्तवा (अल्पसंख्यक) इलाम रहनुभएको छ ।

त्यस्तै प्रदेश नं २ बाट सुमन प्याकुरेल (खुला) सप्तरी मात्र रहनु भएको छ भने प्रदेश नं ३ बाट पार्वती रावल (महिला) चितवन, उदया शर्मा (महिला) काठमाडौँ, सिंहबहादुर विक (दलित) सिन्धुपाल्चोक, बलराम बाँस्कोटा (खुला) काठमाडौँ, बेदुराम भुसाल (खुला) काठमाडौँ र रामचन्द्र राई दनुवार (अल्पसंख्यक) मकवानपुर रहनुभएको छ ।

यस्तै प्रदेश नं ४ बाट रामबहादुर थापा (अपांगता) स्याङ्जा, गणेश तिमिल्सिना (खुला) पर्वत, शान्ति अधिकारी (महिला) बागलुङ र दीपा गुरुङ (महिला) लमजुङ रहनु भएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सोमबार रातिसम्म चलेको बैठकले १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको थियो । जसमा ७ नं प्रदेशबाट चार, ५ नं प्रदेशबाट पाँच र ४ नं प्रदेशबाट चार जनाको नाम टुंगो लगाएको थियो । जस अनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम, चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा रहनुभएको छ ।

यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालीकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम लाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ । माघ २४ गते हुने निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा उम्मेदवार दिने भएको छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउने निर्णयसमेत गरेको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार २१:४३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...