back
NMB ad

धितोपत्रले दियो मन्जुश्रीलाई हकप्रद निष्कासनको अनुमति

Kumari bank ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मन्जुश्री फाइनान्स लिमिटेडलाई रु तीन करोड ६२ लाख १९ हजार बराबरको ७६ लाख पाँच हजार ९७५ कित्ता हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ ।

बोर्डले आज मन्जुश्री फाइनान्सलाई हकप्रद शेयर जारी गर्ने स्वीकृति दिएको हो । उक्त संस्थाको हकप्रद शेयर बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।

धितोपत्र बजार निरन्तर ओरालो

निरन्तर ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि नौ दशमलव शुन्य पाँच बिन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार नेप्से परिसूचक नौ दशमलव शुन्य पाँच बिन्दुले ओरालो लागेर एक हजार ३९३ बिन्दुमा आइपुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत दुई दशमलव शुन्य दुई बिन्दुले घटेर २९३ दशमलव ९८ बिन्दुमा आइपुगेको छ । आज कुल १५५ कम्पनीको आठ लाख २८ हजार ७०७ कित्ता शेयर रु ३२ करोड २६ लाख ७३ हजार ३५८ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।

आज बैंकिङ ६ दशमलव ६७, व्यापार शुन्य दशमलव पाँच, होटल ३७ दशमलव २९, विकास बैंक तीन दशमलव ४५, जलविद्युत् २९ दशमलव ४८, वित्त तीन दशमलव ८३, बीमा ८७ दशमलव ६५, अन्य शुन्य दशमलव ३६, माइक्रोफाइनान्स नौ दशमलव २१ बिन्दुले ओरालो लाग्दा उत्पादन समूह भने स्थिर रहेको छ ।

२०७४ माघ ९ गते प्रकाशित

वि.सं.२०७४ माघ ९ मंगलवार २२:३३ मा प्रकाशित

You can share this post!

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...